Shikhar Insurance

पोखरा नेपालको पर्यटन राजधानी घोषणा

सिंहदरबार संवाददाता
२०८० चैत्र ४, आईतवार १४:०२
NIMB
Nabil Bank

कास्की जिल्लाको पोखरा शहरलाई पर्यटकीय राजधानीको रुपमा औपचारिक रुपमा घोषणा भएको छ । आइतबार पोखरा महोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेका हुन् ।

उनले पोखरा प्राकृतिक,साँस्कृतिक शाहसिक क्षेत्रको अद्वितीय संगम रहेको भन्दै नेपालको पर्यटन राजधानी घोषणा गरे । पुष्पकमल दाहाल भने पोखरा नेपालको पर्यटकीय क्षेत्रको प्रमुख गन्तव्य हो । उक्त गन्तव्य आजदेखि मुलुकै पर्यटनको लागि राजाधानीको रुपमा नेपाल सरकारबाट घोषणा भएको हो । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्राकृतिक,साँस्कृतिक शाहसिक क्षेत्रको दृष्टिले अनुपम विश्वमा शिर्ष पर्यटीय गन्तव्यको रुपमा ख्याती प्राप्त सुन्दर पोखरालाई मुलुकै पर्यटकीय राजधानीको रुपमा औपचारिक रुपमा घोषणा गरिएको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले पोखरा पर्यटन राजधानी घोषणाले समग्र गण्डकी प्रदेश र मुलुककै श्रीवृद्धिमा नयाँ आयाम थपिने विश्वास लिएकाजानकारी गरे । उनले विश्वका विभिन्न मुलुकमा शहरका आ–आफ्नै विशेषता र पहिचानको आधारमा राजधानी घोषणा गर्ने तथ्यलाई समेत विचार गरी पोखरालाई पर्यटन राजधानी घोषणा गरिएको बताए । उनले विज्ञसहित अध्ययन समितिले अध्ययन गरी विभिन्न सूचकहरुको आधारमा पर्यटन राजधानी घोषणा गर्न सिफारिस गरेको स्मरण गरे ।

विभिन्न मुलुकमा शहरका आ–आफ्नै विशेषता र पहिचानको आधारमा राजधानी घोषणा गर्ने तथ्यलाई समेत विचार गरी अन्तर्राष्ट्रिय रुपमा प्रमुख पर्यटकीय गन्तव्यको रुपमा ख्याती प्राप्त पोखरालाई पर्यटन राजधानी घोषणाका लागि विज्ञसहित अध्ययन समिति गठन गरिएको थियो । समितिले अध्ययन गरी विभिन्न सूचकहरुको आधारमा पर्यटन राजधानी घोषणा गर्न सिफारिस गरेको थियो । सम्पूर्ण निकायहरुको संस्थागत निर्णय र सिफारिसको आधारमा घोषणा गरिएको हो । पर्यटकीय राजधानी घोषणा भएसँगै गण्डकी प्रदेश सरकार,स्थानीय तहको नीतिहरु पर्यटन क्षेत्रको विकासमा केन्द्रित हुने विश्वास लिएको छु उनले भने ।

न्युज एजेन्सी नेपाल

 

GBIME

प्रतिक्रिया दिनुहोस्