Shikhar Insurance

महालक्ष्मी विकास बैंकको दुई दिने कार्यगोष्ठी चितवनमा सम्पन्न

सिंहदरबार संवाददाता
२०८० चैत्र ४, आईतवार १८:१६
NIMB
Nabil Bank

काठमाडौं । महालक्ष्मी विकास बैंकको “सामुहिक एकताको विकास तथा शारीरिक स्वस्थता” नामक दुई दिने कार्यगोष्ठी सम्पन्न भएको छ । फागुन २६ र २७ गते आयोजित सेमिनार चितवनको सौराहामा सम्पन्न भएको हो ।

सेमिनारमा संस्थाका उच्च व्यवस्थापन तहका पदाधिकारीहरु, विभागीय प्रमुखहरु, प्रदेश प्रमुखहरु, केन्दि«य कार्यालयका कर्मचारीहरु र शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो । उक्त कार्यगोष्ठीमा हाल अर्थतन्त्रमा देखिएको मन्दि र नकरात्मकता बीच बैंकको व्यवसाय विस्तार, गा्रहकहरुको हकहित संरक्षण र उत्कृष्ट सेवा प्रदान गर्न सबै तहका कर्मचारीहरुको सामुहिक प्रयत्न आवश्यक रहने बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त कार्यगोष्ठीमा कर्मचारीहरुको सामुहिक एकता, शारीरिक स्वस्थता, सक्षम नेतृत्व र उच्च मनोबल नै सफलताका महत्वपुर्ण आधारशिला हुन् भन्ने सम्बन्धमा व्यवहारिक अभ्यासहरु समेत गरिएको थियो । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्