Shikhar Insurance

जनउत्थान सामुदायिक लघुवित्तले बोलायो चैत ३० गते साधारण सभा, बुक क्लाेज कहिले ?

सिंहदरबार संवाददाता
२०८० चैत्र ५, सोमबार १०:२४
NIMB
Nabil Bank

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले १३ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको फागुन ४ गते बसेको सञ्चालक समितिको बैंठको निर्णय अनुसार सभा चैत ३० गते होटल न्यू ईरा, बुटवल उपनगरपालिका९,कालिकापथ, रुपन्देहीमा बिहान ११ बजेदेखि आव्हान गरेको हो ।

कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सञ्चालक समितिको तर्फबाट अध्यक्षले आव२०७९/०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गरि प्रस्ताव पारित गर्नेछ ।

सभामा आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

सभामा संस्थापक सेयरधनीको तर्फबाट ३ र सर्वसाधारण सेयरधनीको तर्फबटा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव गर्नेछ ।

कम्पनीले साधारण सभा सभा प्रयोजनका लागि चैत २२ गते बुक क्लोज गर्ने भएको छ । साथै, चैत २१ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्