Shikhar Insurance

कुमारी बैंकको साढे १ लाख कित्ता बढी सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८० चैत्र ५, सोमबार ११:०१
NIMB
Nabil Bank

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ३ जना संस्थापक सेयरधनीको नामा रहेको सेयर बिक्रमा ल्याएको हो ।

संस्थावपक सेयरधनी निर प्रसाद घिमिरेको नाममा रहेको ७० हजार ६५ कित्ता, जनक तिमल्सिनाको नाममा रहेको २७ हजार ३३ कित्ता, बालकृष्ण दाहालको नाममा रहेको ६१ हजार २ सय ६५ कित्ता गरी कुल १ लाख ५८ हजार ३ सय ६३ कित्ता सेयर रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आजको मितिबाट ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं वा बैंकको प्रधान कार्यालय टंकाठमाडौंमा आइपुग्नेगरी आवेदन दिन सक्नेछन् । सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने कम्पनीले जानकारी गरेको छ ।

साथै, तोकिएको समयमा सेयर खरिद नभएको खण्डमा बैंककले कानुन बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने सूचनामा उल्लेख गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्