Shikhar Insurance

सपोर्ट लघुवित्तले १३.६८ प्रतिशत लाभांश वितरण गर्न बोलायो साधारण सभा

सिंहदरबार संवाददाता
२०८० चैत्र ५, सोमबार ११:१७
NIMB
Nabil Bank

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले चैत ४ गते बसेको संचालक समितिको निर्णय अनुसार चैत १७ गते दुर्गा पार्टी प्यालेसमा बस्ने गरी सभा आह्वान गरेको हो ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०७९/८०को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्न प्रस्ताव पेश गर्ने छ । लेखा परीक्षकको प्रतिवेदन २०८० आषढ मसान्तसम्मको वासलात आव २०७९/८० को नाफा नोक्सान हिसाब सोही अवधिको नगद प्रवाह विवरण इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण र सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने सभाको प्रस्ताव रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, सभामा आव २०७९/८० को मुनाफाबाट ०.६८४२ प्रतिशत नगद लाभांश(कर प्रयोजनार्थ) ६ लाख ५१ हजार ६ सय २८ रुपैयाँ वितरणको प्रस्ताव पेश गर्ने छ । सभामा आव २०७९/८० तथा सो अघिका सञ्चित मुनाफाबाट चुक्ता पुँजी ९ करोड ५२ लाख ३८ हजारको १३.६८ प्रतिशत हुने रकम १ करोड २३ लाख ८० हजार ९ सय ४० रुपैयाँ बोनस सेयर वितरण गर्न प्रस्ताव पेश गर्ने संस्थाले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्