Shikhar Insurance

वित्तीय साक्षरतालाई देशको दुर्गम क्षेत्रसम्म लैजाने योजना छ : गभर्नर अधिकारी

सिंहदरबार संवाददाता
२०८० चैत्र ५, सोमबार १२:४९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ग्लोवल मनि विकको अभियान नेपालको दुर्गम क्षेत्रसम्म पु¥याइने बताएका छन् । सोमबार काठमाडौंको ग्लोबल मनी वीकको अवसरमा राष्ट्र बैंकद्वारा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

उनले वित्तीय साक्षरता अभियान देशका दुर्गम क्षेत्र समेत पु¥याउन जरुरी रहेको बताए । गभर्नर अधिकारीले ग्लोवल मनि विकको अभियान शुरुवाती चरणबाटै सक्रिय रहेको जानकारी गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले यो अभियानलाई राष्ट्र बैंकले अझ बिस्तार गर्ने प्रतिवद्धता जनाए । गभर्नर अधिकारीले वित्तीय साक्षरतालाई देशको कुना–कुना लैजाने योजना रहेको पनि उल्लेख गरे । उनले वित्तीय फ्रेमवर्कमा वित्तीय साक्षरता वित्तीय जागरणका रुपमा विद्यालय तहको पाठ्यक्रम (सेलेवस) मा पनि राख्नको लागि समन्वय भइरहेको जानकारी दिए ।

उनले कुनैपनि प्रोडक्ट बैंक तथा वित्तीय संस्थाहरुले ल्याउँदा वा नीति ल्याउँदा कार्यान्वयनमा जानको लागि वित्तीय चेतना हुन जरुरी रहेको औल्याए । उनले ग्लोवल मनी वीकलाई नेपालमा पनि यो अभियानलाई वित्तीय शिक्षको आधारका रुपमा लिएको उल्ल्लेख गरे ।

उनले सञ्चारमाध्यमहरुलाई पनि वित्तीय साक्षरता अभियानमा एकीकृत गर्ने व्यवस्था रहेको बताए । उनले पैसाको वचत गर्ने र भविष्यको लागि सुरक्षित राख्ने विषयलाई प्राथमिकता दिएर ग्लोवल मनि विक मनाउने गरिएको बताए । उनले वचत भविष्यमा कमाएर मात्रै गर्ने नभएर बाल्यकाल देखि बानी बसाउन जरुरी रहेको बताए । बालबालिकाले खाजा खर्चलाई बचाएर वचत गर्ने बानी बसाए भविष्य सुरक्षित हुने धारणा राख्य ।

उनले भने ग्लोवल मनि विकको अभियान हरेक जिल्लामा लैजान्छौं । दुर्गम जिल्लासम्म पनि यो अभियान लैजान्छौ । फाइनान्सिङ इनक्युजनको लागी वित्तीय साक्षरताको मुख्य हड्लस रहेको हामीले महशुस गरेका छौं । विश्व भर नै । वित्तीय जागरण,वित्तीय सचेतना अनिवार्य छ । कुनैपनि प्रोक्डट बैंक तथा वित्तीय संस्थाहरुले ल्याउँदा वा नीति ल्याउँदा कार्यान्वयनमा जानको लागि वित्तिय चेतना हुन जरुरी छ ।

त्यो चेतनाको अंगको रुपमा पनि विश्वभर यो साप्ताहिक कार्यक्रमलाई लिने गरिन्छ । नेपालमा पनि यो अभियानलाई वित्तीय शिक्षालाई आधारको रुपमा लिएका छौं । नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता फ्रेमवर्क जारी गरेको छ । जुन फ्रेमवर्कभित्र सबै बैंक वित्तिय संस्थाहरु उत्तरदायित्वहरु पनि राखिएको छ ।’

अधिकारीले भने सन् २०१२ देखि हरेक वर्ष ग्लोवल मनी विक विश्वभर मनाउने गरिएको छ । यो बालबालिका र किशोर किशोरीहरुमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यले मनाइने एउटा अभियान हो । यस वर्षको ग्लोवल मनी वीकको नारा ‘प्रोटेक्ट युअर मनी, सेक्योर योर फ्युचर’ रहेको छ ।

न्युज एजेन्सी नेपाल

 

GBIME

प्रतिक्रिया दिनुहोस्