Shikhar Insurance

म्याग्दीमा ८ सय ६५ भूमिहीन

सिंहदरबार संवाददाता
२०८० चैत्र ५, सोमबार १३:५३
NIMB
Nabil Bank

बेनी । म्याग्दीमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन सकिएको छ । दुई वर्ष समय खर्चिएर लगत सङ्कलन गरेको राष्ट्रिय भूमि आयोग म्याग्दीले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

समितिले हालसम्म एक नगरपालिका र ५ गाउँपालिकामा ८ सय ६५ जनाको निवेदन सङ्कलन गरेको छ । बेनी नगरपालिकामा सबैभन्दा धेरै तीन सय चार जनाले निवेदन दिएको समितिका सदस्य सचिव तुलसीप्रसाद पौडेलले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै अन्नपूर्ण गाउँपालिकामा एक सय ३४, मङ्गला गाउँपालिकामा एक सय १५, धौलागिरि गाउँपालिकामा ६३ र रघुगङ्गा गाउँपालिकामा ३३ जनाले जग्गा प्राप्तिका लागि निवेदन दिएको आयोगको भनाइ छ ।

स्थानीयतहले सार्वजनिक सूचना जारी गरी सङ्कलन गरेको निवदेनलाई राष्ट्रिय भूमि आयोगको प्रणालीमा प्रविष्ट गर्ने काम भइरहेको सदस्य सचिव पौडेलले बताए ।

अन्नपूर्ण र मङ्गला गाउँपालिकाले पहिलो चरणको काम सकेर निवेदकको विवरणमा दाबी विरोधको प्रक्रिया अगाडि बढाएको छ भने अन्य पालिकामा प्राप्त कतिपय निवेदनमा कागजात नपुगेकाले काम अघि बढेको छैन सदस्य सचिव पौडेलले भने स्थानीयतहले जति छिटो प्रक्रिया अघि बढाउँछन, त्यति छिटो काम टुङ्गोमा पुर्‍याउन सकिन्छ ।

जिल्लामा हालसम्म तथ्याङ्क सङ्कलनमै धेरै समय बितेको र स्थानीयतहलाई आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गरिएको आयोगका जिल्ला अध्यक्ष देवेन्द्र कामीले जानकारी गरे । अहिलेसम्म एउटा पनि निस्सा वितरण हुनसकेको छैन, पालिकाहरुले गर्ने प्रक्रिया पूरा गरेपछि हामी थप काम अघि बढाउछौँ उनले भने ।

जिल्लामा वि.सं २०४८ मा आयोग गठन भएपनि सुकुम्बासीको समस्या हालसम्म समाधान भएको छैन । नेपाल सरकारले गठन गरेका आयोग, समिति र कार्यदलबाट जग्गाको स्वामित्व दर्ता श्रेस्ता दिने सूचनाअनुसार २ सय ४१ निवेदन प्राप्त भएका छन् । त्यसमध्ये बेनी नगरपालिकामा ६४ र अन्नपूर्ण गाउँपालिकामा एक सय ७७ निवेदन परेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्