Shikhar Insurance

झिनो अंकले बढ्याे सेयर बजार, कारोबार रकममा गिरावट

सिंहदरबार संवाददाता
२०८० चैत्र ५, सोमबार १५:१०
NIMB
Nabil Bank

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार झिनो अंकले बढेकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ३.२७ अंकले बढेर २०७३.५३ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

आज ३०३ कम्पनीको ७४ लाख ५९ हजार ४ सय २४ कित्ता सेयर किबेच हुँदा २ अर्ब ८८ करोड ५६ लाख ३७ हजार ८ सय १८ रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सोमबार सबैभन्दा धेरै गोर्खाज फाइनान्सको कारोबार भएको छ । आज कम्पनीको २३ करोड १४ लाख ५८ हजार ७७ रुपैयाँको कारोबार भएको छ । आज कम्पनीको सेयर प्रतिकित्ता ८ सय ६३ रुपैयाँ रहेको छ ।

साथै, आज ८५ कम्पनीको सेयर मूल्य घट्दा १४८ कम्पनीको बढेको छ भने १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज ५ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । भने मानुसी लघुवित्त वित्तिय संस्थाको सेयर सेयर मूल्य घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्