Shikhar Insurance

शिक्षा, स्वास्थ्य, रोजगारका क्षेत्रमा साझा प्रतिवद्धताका लागि बिमस्टेकको आवश्यक छ : सांसद पौडेल

सिंहदरबार संवाददाता
२०८० चैत्र ५, सोमबार १६:०४
NIMB
Nabil Bank

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले शिक्षा, स्वास्थ्य, रोजगार जस्ता क्षेत्रमा साझा प्रतिवद्धताका लागि बिमस्टेक लगायतका साझा संरचनाको आवश्यकता रहेको बताएका छन् । सोमबारको प्रतिनिधि सभाको बैठकमा उपप्रधान एवं परराष्ट्रमन्त्री नारायाणकाजी श्रेष्ठले प्रश्तुत गरेका विमस्टेक वडापत्रमाथि सामान्य छलफल गरियोस् भन्ने प्रश्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रश्तावमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

उनले अहिले पारस्परिक सहयोग, सद्भाव र आपसी समझदारी मानव जातिका निम्ति आवश्यक रहेको बताए । उनले आपसी सहयोग, पर्यावरणीय सन्तुलन, पारस्परिक एक आपसमा जोडिएका विषयहरुको साझा प्रतिवद्धता, रोजगारी सिर्जना, कृषिमा आधुनिकीकरण, अन्तर्राष्ट्रिय आतंकवादका बिरुद्धमा मिलेर अघि बढ्ने कुरा, गरिवीसित उन्मुलन सम्बन्धको विषय, जो २०३० सम्ममा दिगो विकास लक्ष्यमा हामी पनि सहभागी हुँदै अघि बढ्न आवश्यक रहेको जानकारी गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले भने, यो बेला पारस्परिक सहयोग, सद्भाव र आपसी समझदारी मानव जातिका निम्ति आवश्यक छ । त्यो परिपूर्ण गर्नको निम्ति यो बिमस्टेक चार्ट अनुमोदन आवश्यक छ । यस भित्रका कतिपय विषयहरु होलान् तर पनि आजको दुनियाँमा यि कतिपय कुराहरुबाट हाम्रो देशलाई अलग राख्न सक्दैनौँ । त्यसैले आपसी सहयोग, पर्यावरणीय सन्तुलन, पारस्परिक एक आपसमा जोडिएका विषयहरुको साझा प्रतिवद्धता, रोजगारी सिर्जना, कृषिमा आधुनिकीकरण, अन्तर्राष्ट्रिय आतंकवादका बिरुद्धमा मिलेर अघि बढ्ने कुरा, गरिवीसित उन्मुलन सम्बन्धको विषय, जो २०३० सम्ममा दिगो विकास लक्ष्यमा हामी पनि सहभागी हुँदै अघि बढेका छौँ ।

न्युज एजेन्सी नेपाल

GBIME

प्रतिक्रिया दिनुहोस्