Shikhar Insurance

वित्तीय क्षेत्रमा अराजक गतिविधि गर्नेलाई कारबाही गर्न ढिलाई गर्नु हुन्न: निलम ढुङ्गाना

सिंहदरबार संवाददाता
२०८१ बैशाख १४, शुक्रबार १४:०५
NIMB
Nabil Bank

काठमाडौँ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुङ्गानाले वित्तीय क्षेत्रमा अराजक गतिविधि गर्नेलाई कारबाही गर्न ढिलाई गर्न नहुने बताएकी छिन् । डेपुटी गभर्नर ढुङ्गानाले वित्तीय क्षेत्रमा अराजक गतिविधिलाई तत्कालै कारबाही गर्नुपर्ने बताएकी हुन् ।

राष्ट्र बैंकको ६९ औं वार्षिक उत्सवमा बोल्दै ढुंगानाले ऋण लिएपछि तिर्नुपर्ने बताएकी छिन् । उनले भनिन्,’वित्तीय स्थायित्वमा खलल पार्ने गरी गरिने कुनै पनि गतिविधि स्वीकार हुँदैन, तत्कालै कारबाही गर्नुपर्छ ऋण लिएपछि तिर्नैपर्छ । तिर्दिन भन्नू गलत हो ।’

Citizen Life
Kumar Bank
Nepal Life

उनले विश्वमा अनेक आर्थिक सिथिलता बढेपनि राष्ट्र बैंकले उचित व्यवस्थापन गर्नु राम्रो पक्ष रहेको बताईन् । लगानी सम्मेलनलाई सहयोग गर्न राष्ट्र बैंकले धेरै कानुन संशोधन गरेको छ। विदेशी कम्पनीलाई देशमा व्यापार गर्न र नाफामा लैजान सजिलो बनाइएको बैंकले जनाएको छ । कार्यक्रममा बोल्दै ढुङ्गानाले बैंकलाई आजसम्म नेतृत्व गर्ने सबै पुर्व गभर्नरहरु प्रति नमन र आभार व्यक्त गरिन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्