Shikhar Insurance

ज्योति क्यापिटलले ल्यायो सुनौलो अवसर, विद्यार्थीहरुले निःशुल्क डिम्याट र मेरो सेयर खोल्न सकिने

सिंहदरबार संवाददाता
२०८१ बैशाख २४, सोमबार १७:४७
NIMB
Nabil Bank

काठमाडौं । ज्योति क्यापिटल लिमिटेडले “ज्योति क्यापिटल निःशुल्क डिम्याट र मेरो सेयर खाता” योजना सार्वजनिक गरेको छ । कम्पनीले कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुलाई लक्षित गरी यो योजना सार्वजनिक गरेको हो ।

यो योजनाले विद्यार्थीहरुलाई पनि सेयर बजारतर्फ आकर्षित गर्ने कम्पनीले जनाएको छ । न्न बनाउन उक्त योजना ल्याएको छ । योजना अवधिभर कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुले निःशुल्क डिम्याट र मेरो शेयर खोल्न पाउने कम्पनीले जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

ज्योति क्यापिटलमा अनलाइन डिम्याट र मेरो शेयर खाता खोल्नका लागि ज्योति विकास बैंक वा ज्योति क्यापिटलको वेबसाइट अथवा यो लिंक https://demat.jbbl.com.np/Demataccount/registration मा क्लिक गरी खोल्न सकिने कम्पनीले जनाएको छ ।

उक्त योजना वैशाख २६ गते देखि जेठ २६ सम्म रहने छ । साथै, ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको ज्योति क्यापिटलले ज्योति विकास बैंकसँगको सहकार्यमा डिम्याट सेवा पनि प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्