Shikhar Insurance

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले दुसित प्रिन्सेस होटेलमा २० प्रतिशतसम्मको छुट पाउने

सिंहदरबार संवाददाता
२०८० चैत्र ५, सोमबार १७:०६
NIMB
Nabil Bank

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र पाँच तारे होटल दुसित प्रिन्सेस काठमाडौंबिच सम्झौता भएको छ । बैंकको तर्फबाट प्रमुख संचालक अधिकृत अपूर्व प्रसाद जोशी र होटल दुसित प्रिन्सेसका तर्फबाट क्लस्टर महाप्रबन्धक समिर बनर्जीले सम्झौतापत्रमा हस्ताक्षर हुन् ।

सांग्रिला बैंकका ग्राहक तथा कर्मचारीहरुलाई होटलसँग सम्बन्धित सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गरी होटल दुसित प्रिन्सेसमा खाना तथा पेय पदार्थमा २० प्रतिशत तथा बैंकका कर्मचारीहरुले २५ प्रतिशत र आवाश लगायत अन्य सेवामा कर्पोरेट डिस्काउन्ट प्राप्त गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै बैंकका कर्मचारीहरुलाई भोजका निम्ति हलहरुमा पनि विशेष छुट दिएको व्यहोरा सम्झौतापत्रमा उल्लेख गरिएको छ । सम्झौताले बैंकमा कार्यरत कर्मचारीहरु तथा ग्राहकहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्