Shikhar Insurance

प्रतिकत्ता ६ सय रुपैयाँमा छिमेक लघुवित्तको सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८० चैत्र ६, मंगलवार १०:३६
NIMB
Nabil Bank

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी महेन्द्र गौतमको नाममा रेहको १७ हजार ५ सय कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले उक्त सेयरको बिक्री मूल्य न्युनतम प्रतिकित्ता ६ सय रुपैयाँ तोकेको छ । उक्त सेयर खरिद गर्ने इच्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय मध्यबानेश्वर, काठमाडौंमा आफुले खरिद गर्ने सेयर कित्ता व्याहोरा खुलाइ निवेदन पेश गर्ने सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा कानुन बमोजिम कम्पनीले व्यक्ति, कम्पनी वा अन्य संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले सूचना मार्फत जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्