Shikhar Insurance

आज ३ कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति ?

सिंहदरबार संवाददाता
२०८० चैत्र ६, मंगलवार १५:२०
NIMB
Nabil Bank

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.२४ अंकले घटेर २०६७.२९ मा पुगेको हो ।

आज ३०७ कम्पनीको ९४ लाख ७८ हजार ९ सय ३३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६३ करोड ३९ लाख ३६ हजार ५ सय ५४ रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

मंगलबार ३ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । बुद्ध भूमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेड, सर्वोत्तम सिमेन्ट लिमिटेड, धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमा सर्किट लागेको हो ।

साथै, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.४५ प्रतिशत, भगवती हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ९.२९ प्रतिशत सहित १२९ कम्पनीको सेयर बढेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्