Shikhar Insurance

 ग्लोबल मनी वीक: इलाममा भिजन सेक्युरिटिजद्धारा ‘सेयर बजार सम्वन्धी साक्षात्कार’ कार्यक्रम 

सिंहदरबार संवाददाता
२०८० चैत्र ७, बुधबार १२:१३
NIMB
Nabil Bank

काठमाडौं । भिजन सेक्युरिटिज् प्रालि.(स्टक ब्रोकर नं. ३४) र महेन्द्ररत्न वहुमुखी क्याम्पस ईलामको आयोजनामा चैत्र ६ गते मंलगवारका दिन सेयर बजार सम्वन्धी साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ।

ग्लोबल मनी विक २०२४ को अवसरमा महेन्द्ररत्न बहुमुखी क्याम्पस अनेरास्ववियु व्यवस्थापन संकाय कमिटी र यस प्रालिको ईलाम शाखा कार्यालयको आयोजनामा क्याम्पसको हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

अरेरास्ववियु महेन्द्र रत्न बहुमुखी क्याम्पस ईलाम व्यवस्थापन संकाय कमिटी अध्यक्ष श्री रतन तामाङ्गको अध्यक्षता तथा अनेरास्ववियु केन्द्रीय सदस्य श्री अशोक खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा क्याम्पसका प्राध्यापक तारानाथ पराजुली, अनेरास्ववियु जिल्ला कमिटि ईलामका सह सचिवद्वय सुशान्त चापागाँई र विशाल कार्की, क्याम्पस कमिटिका अध्यक्ष गोपीराज आङ्देवे, भिजन सेक्युरिटिज प्रालि ईलामका शाखा प्रमुख मनोज राई लगायत व्यवस्थापन संकायका लगभग २३० विद्यार्थीहरुको सहभागिता रहेका थिए ।

दोश्रो वजारमा कारोवार गर्नको लागि आवश्यक प्रकृया, लगानीकर्ताले ध्यान दिनु पर्ने विषय, अनलाइन कारोबार सम्वन्धी व्यवस्था लगायतका विषयहरुमा भिजन सेक्युरिटिज् प्रालिका ईलाम शाखा प्रमुख श्री मनोज राईले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । यसै गरी अनेरास्ववियु जिल्ला कमिटि ईलामका सहसचिव सुशान्त चापागाँईले सम्वन्धीत निकायहरुसंग समन्वय गरि समय समयमा यस प्रकारका कार्यक्रमहरु गरिने बताए ।

क्याम्पसका प्रध्यापक तथा सेयर बजार सम्वन्धी जानकारतारानाथ पराजुलीले विद्यार्थीहरुलाई पुजीँबजार सम्वन्धी अध्ययन गरेर, वुझेर मात्र लगानी गर्न सुझाउदै विद्यार्थी जीवनवाटै सेयर वजारमा गरेको लगानीले राम्रो प्रतिफल दिन सक्ने बताए ।

 

 

 

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्