Shikhar Insurance

पिपुल्स हाईड्रोपावरले हकप्रद सेयर जारी गर्न बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

सिंहदरबार संवाददाता
२०८० चैत्र ८, बिहीबार १०:५८
NIMB
Nabil Bank

काठमाडौं । पिपुल्स हाईड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले चैत ३० गते क्वालिटि बैंकेट बुद्धनगरमा बस्ने गरी सभा आह्वान गरेको हो ।

सभामा अध्यक्षले प्रस्तुत गर्ने संचालक समितिको आव २०७९/०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । आव २०७९/०८० को लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ श्रावण १ देखि २०८० आषाढ मसान्तको वित्तीय विवरण उपर छलफल गरी पारित गर्नेछ । चालु आर्थिक वर्षको लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने सभाको प्रस्ताव रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, सभामा २ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने सम्बन्धमा छलफल हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले चैत १५ गतेलाई बुक क्लोज गर्ने भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्