Shikhar Insurance

इन्स्टिच्युटले भौतिक पूर्वाधार विस्तारमा जोड दिनुपर्छ : गभर्नर अधिकारी

सिंहदरबार संवाददाता
२०८० चैत्र ८, बिहीबार १२:२७
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेशनल बैंकिङ्ग इन्स्टिच्युटले आफ्नो भौतिक पूर्वाधार विस्तारमा जोड दिनुपर्ने बताएका छन् । अधिकारीले इन्स्टिच्युटको १५औँ साधारणसभामा बोल्दै सबै बैंक तथा वित्तिय संस्थाले इन्स्टिच्युटलाई उक्त कार्यमा सहयोग पु¥याउन आवश्यक रहेको बताएका हुन् ।

सभामा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले इन्स्टिच्युटमा १० वर्ष सेवा अवधि पुरा गरेका कर्मचारीहरुलाई सम्मान गरेका छन् । कार्यक्रममा गभर्नर अधिकारीले नेशनल बैकिङ्ग इन्स्टिच्युटद्वारा संचालन गरिने दुईवटा नयाँ सर्टिफिकेशन कोर्षहरु रिक्स म्यानेजमेन्ट र रिटाएल बैंकिङको सुरु गरेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

अधिकारीले बैंक तथा वित्तिय क्षेत्रमा क्षमता अभिवृद्धिका लागि थप कार्यक्रमहरु तथा सर्टिफिकेशन कोर्षहरु ल्याउनु पर्ने आवश्यकता औंल्याएका छन् । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकहरु नेशनल बैकिङ्ग इन्स्टिच्युटको भौतिक पूर्वाधार विकास तथा इन्स्टिच्युटका विभिन्न कार्यक्रमहरुमा सहभागिताका लागि सकारात्मक रहेको जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्