Shikhar Insurance

कृषि विकास बैंकको आधार दर ८.८८ अंक मात्र

सिंहदरबार संवाददाता
२०८० चैत्र ८, बिहीबार १३:०८
NIMB
Nabil Bank

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले चैत महिनाको आधार दर सार्वजनिक गरेको छ । बैंकले चैतको लागि ८.८८ अंकको आधार दर सार्वजनिक गरेको हो ।

साथै, बैंकको व्यवसायिककर्जा लगानीको ब्याजदर १०.८८ अंकमा झरेको छ । निजीक्षेत्रका बैंकहरुको आधार दर बढीरहेको अवस्थामा कृषि विकास बैंकको आधार दर भने उच्च अंकले घटेको छ । बैंकको आधार दर घटेसंगै किसानले उपयोग गरेको कर्जाको ब्याजदर पनि घटेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकले निक्षेप कर्जाको पोर्टफोलियो व्यवस्थापन गर्दै आधार दर क्रमशः घटाउदै लगेको हो । सरकारी कारोवार, साना किसानका लागि सरल कृषिकर्जा लगानी, साना तथा मध्यम उद्योगका लागि लगानी गर्दै ठूला आकारका व्यवसायिक कर्जामा समेत जोड दिदैँ आएको बैंकले जानकारी दिएको छ ।

निजी सवारी साधन खरिदका लागि खरिद मूल्यको ६५ प्रतिशत र विद्युतिय गाडीमा ८० प्रतिशतसम्म कर्जा लगानी गरी सेवा विस्तार गर्ने बैंकले उल्लेख गरेको छ । बैंकले आगामी दिनमा अझैँ आधार दर घटाउँदै लैजाने योजना रहेको जानकारी गराएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्