Shikhar Insurance

काभ्रेमा मापदण्डविपरित एम्बुलेन्स सञ्चालन

सिंहदरबार संवाददाता
२०८० चैत्र ८, बिहीबार १३:१९
NIMB
Nabil Bank

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा मापदण्डविपरीत एक्बुलेन्स सञ्चालन भएको पाइएको छ । सरकारले बनाएको ‘राष्ट्रिय एम्बुलेन्स निर्देशिका–२०७८’लाई बेवास्ता गरी जिल्लामा वर्षौँदेखि अधिकांश एम्बुलेन्स मापदण्डविपरीत सञ्चालन भएको पाइएको हो ।

जिल्लास्थित एम्बुलेन्स व्यवस्थापन समितिले स्थानीय तहमा सञ्चालित एम्बुलेन्सको अवस्थाको विवरणमा निर्देशिकाले भने बमोजिमको मापदण्ड नरहेको पाइएको जनाएको छ । निर्देशिकाले सेवारत एम्बुलेन्समा जिपिएस जडान हुनुपर्ने, तालिम प्राप्त चालक र आकस्मिक चिकित्सकीय प्राविधिक (इएमटी) रहनुपर्ने व्यवस्था उल्लेख गरेको छ । समितिका अनुसार काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमा ४४ एम्बुलेन्स सञ्चालनमा छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

जिल्लामा सञ्चालित एम्बुलेन्समध्ये धुलिखेल अस्पतालका तीनमा १८ जना इएमटी रहेको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । ४० एम्बुलेन्समा इएमटी नभएको, ३५ वटा एम्बुलेन्स जिपिएस प्रणालीमा आबद्ध नभएको, २८ एम्बुलेन्सका चालकले प्राथमिक उपचार तालिम नलिएको पाइएको छ । धुलिखेल अस्पतालका आकस्मिक विभाग प्रमुख डा. सानुकृष्ण श्रेष्ठले जिल्लामा सञ्चालित एम्बुलेन्समा निर्देशिकाअनुसार सुविधा नरहेको बताए ।

जिल्लामा रहेका एम्बुलेन्समा निर्देशिकाअनुसार तथा भाडादरमा एकरुपता ल्याउन तथ्याङ्क सङ्कलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका निमित्त प्रमुख अनिता खनालले जानकारी दिईन् । उनका अनुसार विभिन्न सङ्घसंस्था एवं दातृ निकायबाट प्राप्तमध्ये स्थानीय तहद्वारा सञ्चालित एम्बुलेन्स केही बिग्रिएर थन्किएका छन् भने केहीलाई सञ्चालनका लागि प्रशासनिकरूपमा नवीकरण तथा मर्मतको प्रयास भइरहेका छन् ।

समितिको विवरण अनुसार मण्डनदेउपुर नगरपालिकामा रहेका तीनमध्ये रेडक्रसद्वारा सञ्चालित एक एम्बुलेन्स नचलेको र चौँरीदेउराली गाउँपालिकामा आइपुगेको एम्बुलेन्स सञ्चालनमा ल्याउन प्रक्रिया थालिएको जनाइएको छ । बनेपा नगरपालिकामा ८, धुलिखेलमा ४, पाँचखालमा ४, नमोबुद्धमा ३ र पनौतीमा २ एम्बुलेन्स सञ्चालनमा ल्याइएको थियो । यस्तै खानीखोला गाउँपालिकामा २, महाभारतमा १, भुम्लुमा ३, बेथानचोकमा २, खानीखोलामा २, तेमालमा १, रोशीमा ३ एम्बुलेन्स सञ्चालनमा थिए ।

गत पुषमा समितिको बैठकले जिपिएसजडित सुविधायुक्त एम्बुलेन्स सञ्चालन गर्न जिल्लामा भएका सरकारी निकाय, सामाजिक संस्था तथा व्यक्तिसँग एम्बुलेन्सको अवस्थाका बारेमा जानकारी लिइने निर्णय गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्