Shikhar Insurance

‘ग्लोबल मनि विक’को अवसरमा कृषि विकास बैंकद्वारा कार्यक्रम सञ्चालन, विद्यार्थीहरु लाभांवित

सिंहदरबार संवाददाता
२०८० चैत्र ८, बिहीबार १६:०७
NIMB
Nabil Bank

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले धनुषाको यदुकुहामा विद्यार्थीसँग बैंक कार्यक्रम सञ्चालन गरिएको छ । जनकपुरधाम शहीदनगरस्थित श्री जनता एकता प्राविधिक माध्यमिक विद्यालयमा बैंक कार्यक्रम सञ्चालन गरेको हो ।

‘ग्लोबल मनि विक’को अवसरमा बैंकद्वारा आयोजित कार्यक्रममा विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत व्यवस्थापन संकाय तर्फका विद्यार्थीहरु र सोही विद्यालयका शिक्षकहरुको सहभागितामा रहेको कार्यालयका सूचना अधिकारी जयराम शर्माले जानकारी दिए । कार्यक्रममा बोल्दै बैंकका उपमहाप्रबन्धक डा.बाबुकाजी थापाले बालबालिकाहरुले बेलैमा बचत गर्ने बानीको विकास, पुँजिको संकलन, रकमको सदुपयोग जस्ता विषयमा ध्यान दिनुपर्ने बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

आर्थिक अवस्था सुदृढ गर्न घर मुलि, परिवारको सदस्य सबैको भूमिका हुने भएको हुँदा आम्दानीको बढी अंश उत्पादनमूलक क्षेत्रमा खर्च लगाउनुपर्नेमा जोड दिए । थापाले भने, ”विद्यार्थीहरुलाई बैंकिङ्ग प्रणाली, कृषि विकास बैंकमा उपलब्ध डिजिटल प्रोडक्टहरु, पैसा राख्ने तरिका, सफा नोट जस्ता विषयमा जानकारी गराउनुपर्छ ।”

GBIME

प्रतिक्रिया दिनुहोस्