Shikhar Insurance

ईभी किन्नेलाई ग्लोबल आईएमई बैंकको बम्पर अफर, ९.४९ प्रतिशत ब्याज मै ५ वर्षे ऋण

सिंहदरबार संवाददाता
२०८० चैत्र ८, बिहीबार १७:२४
NIMB
Nabil Bank

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अटो कर्जाअन्तर्गत ग्रिन ड्राइभ योजना सार्वजनिक गरेको छ । बैंकले चारपाङ्ग्रे सवारी साधन खरिद गर्दा ९.४९ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्मको स्थिर ब्याजदरमा कर्जा पाइने योजना सार्वजनिक गरेको हो ।

उक्त ग्रिन ड्राइभ योजनामा छिटो कर्जा उपलब्ध हुने भएकोले विद्युतीय सवारी साधनको प्रयोग गर्नेहरुका लागि यस योजनाले लाभान्वित गर्ने बैकले जनाएको छ । कर्जाको अवधि ५ वर्षसम्मको लागि स्थिर ९.४९ प्रतिशत र ५ वर्षभन्दा बढिको लागि स्थिर ९.९९ प्रतिशत ब्याजदर रहेको छ । ग्लोबल आइएमई बैंकले ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गर्दै आएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

हालसम्म बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन ।

GBIME

प्रतिक्रिया दिनुहोस्