Shikhar Insurance

उद्यमीलाई सशक्तिकरण गर्न कुमारी बैंकद्वारा वित्तीय साक्षरता भिडिओ श्रृंखला र पुस्तक सार्वजनिक 

सिंहदरबार संवाददाता
२०८० चैत्र ८, बिहीबार १८:४७
NIMB
Nabil Bank
काठमाडौं । कुमारी बैंक लिमिटेडले वित्तीय साक्षरता प्रवद्र्धन र उद्यमीहरूलाई सशक्तिकरण गर्न वित्तीय साक्षरता भिडिओ श्रृंखला र पुस्तक सार्वजनिक गरेको छ । बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) राम चन्द्र खनाल र कलाकार दीपाश्री निरौलाको उपस्थितिमा बिहिबार भिडिओ श्रृंखला र पुस्तक एकैसाथ सार्वजनिक गरेको हो ।
भिडिओ श्रृंखलाले व्यवसाय व्यवस्थापन, नगद प्रवाह व्यवस्थापन, बैंकिङ्ग सुरक्षा र सही खाताहरू कायम राख्ने जस्ता अत्यावश्यक विषयहरूमा जोड दिएको बैंकले जनाएको छ । बैंकले भिडिओ श्रृंखला र पुस्तक मार्फत बैंकिङ्ग सेवाको प्रयोग, व्यवसाय सुरु र सञ्चालन गर्ने प्रकृया, बैंकिङ्ग सुरक्षा जस्ता धेरै विषयवस्तुमा केन्द्रीत गरेको छ ।
उक्त भिडिओ श्रृंखला र पुस्तक शहरी क्षेत्रमा मात्र केन्द्रित नभई ग्रामिण क्षेत्रमा आधारित साना तथा मझौला व्यवसायहरुलाई पनि ठुलो टेवा पुग्ने तथा यसबाट व्यवसायीहरुले लाभ उठाउन सक्ने देखिन्छ । भिडिओ श्रृंखलामा दीपाश्री निरौला, दमन रुपाखेती, शिव शंकर रिजाल लगायतका चर्चित कलाकारहरुको अभिनय रहेको छ ।
उक्त कार्यक्रममा सीईओ खनालले वित्तीय साक्षरता र उद्यमशीलतालाई बढावा दिन कुमारी बैंकले सो कदम चालेको बताए । यस पुस्तक र भिडिओ श्रृंखलाले व्यक्तिहरूलाई, विशेष गरी नव उद्यमीहरू, साना व्यवसायी आदिलाई शिक्षित र सशक्तिकरण गर्न टेवा पुर्याउने  विश्वास रहेको बताए । बैंकले हालसम्म ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५१ एक्सटेन्सन काउन्टर तथा ६५ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्