Shikhar Insurance

मानुषी लघुवित्तको साधारण सभा चैत ३०, बुक क्लोज कहिले ?

सिंहदरबार संवाददाता
२०८० चैत्र ९, शुक्रबार १०:४५
NIMB
Nabil Bank

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा गर्ने भएको छ । संस्थाको चैत ८ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार सभा चैत ३० गते होटल उग्रचण्डी बनेपामा गर्ने भएको हो ।

सभामा अध्यक्षले प्रस्तुत गर्ने प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ । लेखापरीक्षक प्रतिवेदन सहितको २०७९र८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोहि अवधिको वार्षिक वित्तीय विवरणको छलफल गर्ने सभाको प्रस्ताव रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, सभा प्रयोजनका लागि चैत १९ गते एक दिनका लागि वित्तीय संस्थाको सेयर दाखिल खारेज दर्ता बन्द रहने छ । अघिल्लो दिन चैत १८ गतेसम्म नेप्से कारोबारमा कायम रहेका सेयरधनीहरु मात्र सभामा सहभागी हुन पाउने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्