Shikhar Insurance

काे हुन् प्रभु बैंकको करिब साढे ३ लाख कित्ता सेयर बिक्रीमा ल्याउने ५ जना संस्थापकहरु ?

सिंहदरबार संवाददाता
२०८० चैत्र ९, शुक्रबार १०:५३
NIMB
Nabil Bank

काठमाडौं । प्रभु बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ५ जना संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख ४७ हजार १ सय २५ कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले संस्थापक सेयरधनी रुबिका अग्रवालको नाममा रहेको ८४ हजार ८ सय ८२ कित्ता, बिनोद कुमार अग्रवालको नममा रहेको ४० हजार ५ सय ५७ कित्ता, प्रवीन अग्रवालको १ लाख ७ हजार २ सय २० कित्ता,  स्विकृती क्षेष्ठको नामा रहेको २८ हजार कित्ता र निरंजन लाल क्षेष्ठको नाममा रहेको ८६ हजार ४ सय ३३ कित्ता सेयर गरी करिब साढे  ३ लाख भन्दा बढी सेयर बिक्रीमा ल्याएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सेयरको न्युनतम मूल्य भने तोकेको छैन् । उक्त सेयर खरिद गर्ने इच्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संसकलन गरी सूचना प्रकशन भएको ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको समयमा कुनै पनि संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कानुन बमोजिम अन्य व्यक्ति वा कम्पनी संस्थालाई बिक्री प्रक्रिया अगाडी बढ्उने कम्पनीले एक सूचना मार्फत जानकारी गरेको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्