Shikhar Insurance

सरकारद्वारा मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न जाँचबुझ आयोग गठन

सिंहदरबार संवाददाता
२०८० चैत्र ९, शुक्रबार १७:४५
NIMB
Nabil Bank

काठमाडौं । सरकारले अनुचित लेनदेन तथा मिटरब्याज अपराध नियन्त्रणका लागि जाँचबुझ आयोग गठन गरेको छ । चैत्र ८ गते बसेको मन्त्रीपरिषद् बैठकले सो अपराध नियन्त्रणका लागि उच्च अदालतका पूर्वन्यायाधी तेजबहादुर कार्कीको अध्यक्षमा पूर्वएआईजी पुस्कर कार्की र संजीव मिश्र सदस्य रहनेगरी ३ सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो ।

३ महिना भित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने कार्यादेशसहित सो आयोग गठन गरिएको नेपाल सरकारकी प्रवक्ता समेत रहनुभएकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यसैगरी मन्त्रीपरिषद् बैठकले डेडिकेटेड फिल्टर तथा ट्रंक लाईनबाट विद्युत उपभोग गर्ने ग्राहकहरुको विद्युत महशुलसम्बन्धि विवाद निरुपण गर्न रायसहित नेपाल सरकार समक्ष प्रतिवेदन पेश गर्न गठित जाँचबुझ आयोगको म्याद १५ दिन अर्थात २०८० चैत्र २५ गतेसम्म थप गर्ने निर्णय पनि गरेको छ ।

प्रतिवेदनका कामहरु केही बाँकि भएकाले समय थप गरिएको पनि मन्त्री शर्माले बताए ।

न्युज एजेन्सी नेपाल

GBIME

प्रतिक्रिया दिनुहोस्