Shikhar Insurance

एनएमबिको औसत प्रतिफल २५% हो, भविष्यमा अझै राम्रो गर्छौं : सीईओ केसी

सुनिल केसी
२०७८ बैशाख २८, मंगलवार ०७:५५
NIMB
Nabil Bank

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी हुन् । ३ दशक लामो बैंकिङ अनुभव बोकेका केसी एनएमबि बैंकमा उपमहाप्रबन्धकको रुपमा आएका थिए । उनले साढे ४ वर्षदेखि सीईओका रुपमा एनएमबि बैंक हाँकिरहेका छन् । उनको बुझाइ अरू बैंकका सीईओभन्दा पृथक छ, बैंकिङसँगै म्याक्रो इकोनोमी उनी सजिलै केलाउँछन् ।

प्रस्तुत छ, उनै केसीसँग सिंहदरबारले गरेको कुराकानीको सारः

Citizen Life
Kumar Bank
Nepal Life

– विषम परिस्थितिमा जीवनचर्या ठीकठाक चलाउन बैंकको भूमिका महत्वपूर्ण हुन्छ । हामी हाम्रा कर्मचारीको स्वास्थ्यलाई प्राथमिकतामा राखेर अत्यावश्यक बैंकिङ सेवा दिइरहेका छौं ।

– नाफा मात्र हेर्ने बानीले बैंकलाई नाफाखोरको आरोप लागेको हो । ब्यालेन्स सिट र पुँजी बढाएको कसैले बुझ्दैन । सञ्चालन मुनाफा बढेको छैन । ५ सय ४० अर्ब इक्विटी भएको वाणिज्य बैंकको प्रतिफल १३ प्रतिशतमात्र छ ।

– विषम परिस्थितिमा संसारभर नै बैंकिङ उद्योगमार्फत् राहत दिइन्छ । सरकारले गैरबैंकिङ उपाय अपनाएर कोभिडको प्रभाव न्यूनीकरण गर्नुपर्ने हो ।

– एभरग्रिनिङ त भन्न नमिल्ला तर कर्जाकै कारण बैंकहरुमा ‘डिजास्टर’ आउने सम्भावना छँदै छैन, किनकी कोभिडबाट विस्तारै सहज स्थितिमा फर्कन सुरु भइसकेको थियो ।

– एनएमबि बैंकको निष्क्रिय कर्जा २ प्रतिशत थियो जुन तेस्रो त्रैमासिक अवधिमा ठीक स्थितिमा आउँदै थियो ।

– कोभिडका कारण डिजिटल भुक्तानीको चेतना र वाध्यता विकसित भएकै हो । जे जति उपलब्धी हासिल भएको छ, बैंकिङ क्षेत्रका लागि राम्रै अवसर हो ।

– कोभिड १९ ले हाम्रो सेवा विश्वव्यापी नभएर स्थानीय केन्द्रित हुनुपर्ने रहेछ भन्ने पाठ सिकाएको छ ।

– कति प्रिमियम लगाउने वा ब्याजदर कति हुने भन्ने प्रतिस्पर्धाले तय गर्नुपर्छ । स्प्रेड वा प्रिमियममा क्याप नलगाए पनि मार्केट फोर्सले ब्याजदर निर्धाण गर्छ ।

– बैंकका ग्राहकमा पनि चेतना बढेको छ । उहाँहरुसँग सस्तो दरमा कर्जा दिने बैंक छान्ने अवसर पनि छ ।

– गत वर्षको यही अवधिमा तरलता पर्याप्त थियो । विस्तारै कर्जाको माग नबढ्दा तरलता २ खर्बसम्म पुग्यो । यो वर्ष बाँकी २ महिनामा सरकारी खर्च कति हुन्छ, त्यसले तरलताको स्थिति निर्धारण गर्छ ।

– बैंकले विविध स्रोतको व्यवस्था गर्न जरुरी छ । हामीले विदेशबाट ल्याएको पैसाको आफ्नै महत्व छ ।

– बिग मर्जरभन्दा कोभिड प्रभावबाट बाहिर आऔं । के कस्ता अवसर सिर्जना हुन्छन्, हेरौं । सरकारको सुविधा लिऔं । त्यसपछि मर्जरको कुरा गरौंला ।

– धेरै बैंकिङ परिसूचक हेर्दा हामी टप ५ बैंक हौं । यो उपलब्धिलाई भविष्यमा निरन्तरता दिन्छौं ।

– बैंकहरुको संख्या निश्चित मै कम हुनुपर्छ । कति हुनुपर्छ, अर्थतन्त्रको आकार अध्ययन गरेर तय गरौं । तर, घट्दा बैंकिङ अभियानका केही विषय प्रभावित होलान् ।

– क, ख र ग वर्गका बैंकबीच भिन्नता पक्कै छ । तर, खुद्रा बैंकिङमा बराबर प्रतिस्पर्धा छ ।

– औसतमा २५ प्रतिशत प्रतिफल दिँदै आएका छौं, भविष्यमा झन् राम्रो गर्छौं । मूल्य किन बढी भएन, बजारलाई थाहा होला ।

– बैंकिङ अल्पकालको व्यवसाय हैन । तर, दोस्रो बजारमा सेयरको मूल्य कम हुनु भनेको बढ्ने अवसर हो । र, हामीले हाम्रा लगानीकर्तालाई कहिल्यै अप्ठेरोमा पारेका छैनौं ।

– कोभिड समस्या हल भए बैंकिङ क्षेत्र अझै माथि उठ्छ । राज्यले पनि बैंकिङलाई बलियो बनाउन कन्जुस्याइँ गर्नु हुँदैन ।

GBIME

प्रतिक्रिया दिनुहोस्