Shikhar Insurance

मानुषी लघुवित्तद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति ?

सिंहदरबार संवाददाता
२०८० चैत्र १५, बिहीबार १०:०९
NIMB
Nabil Bank

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्लेपनीले बिहिबार एक सूचना प्रकाशन गर्दै २ पदको लागि ११ जना कर्मचारी माग गरेको हो ।

कम्पनीले वरिष्ठ सहायक (शाखा अधिकृत) मा दई जना र कनिष्ठ सहायक पदको लागि ९ जना कर्मचारी माग गरेको छ । वरिष्ठ सहायक पदको लागि शैक्षिक योग्यता स्नातक उत्तिर्ण भई लघुवित्त संस्थामा कम्तीमा २ वर्ष वा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण भई लघुवित्त संस्थामा ३ वर्ष कार्यानुभव भएको भएको व्यक्तिहरुले आवेदन दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

कनिष्ठ सहायकका लागि एलएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरी लघुवित्त संस्थामा कम्तिमा एक वर्षको कार्य गरेको हुनुपर्नेछ । यसमा प्रविणता प्रमाणपत्र वा प्लस टू गरेकालाई प्राथमिकता दिइनेछ । ग्रामिण क्षेत्रको फिल्डमा गई कार्य गर्न इच्छुकले यसमा आवेदन दिनसक्नेछन् ।

साथै, योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकाशन भएको १५ दिनभित्र आवश्यक कागजात संकलन गरि कम्पनीको केन्द्रीय तथा शाखा कार्यालय वा कम्पनीको इमेल  [email protected] मार्फत आवेदन दिन सक्नेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्