Shikhar Insurance

‘आइएमई पे’ले ल्यायो गज्जबको अफर, अन्तर्राष्ट्रिय हवाई टिकटमा १०० प्रतिशत क्यास ब्याक

सिंहदरबार संवाददाता
२०८० चैत्र १८, आईतवार १७:४०
NIMB
Nabil Bank

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ ले ‘जेट सेट रिवार्ड’नामक अफर ल्याएको छ । ‘आइएमई पे’ मार्फत अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा टिकटमा १००५ क्यास ब्याक पाउने अफर ल्याएको हो ।

यहि चैत ६ देखि जेठ मसान्तसम्म तिन महिनाको लागि चल्ने सो अफरका ३ जना भाग्यशाली विजेताको नाम ‘आइएमई पे’ को सामाजिक सञ्जालमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ । यसमा पहिलो भाग्यशाली विजेताले आफ्नो हवाई टिकट खरिद गरेको रकमको १००प्रतिशत क्यास ब्याक पाउनेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

दोस्रो विजेताले ‘द लेकसाइड रिट्रिट’ पोखराको प्याकेज जित्न सक्नेछन् भने तेश्रो विजेताले ‘चन्द्रागिरी हिल्स रिजोर्ट’को प्याकेज जित्ने मौका पाउनेछन् । यसको साथै ‘आइएमई पे’ मार्फत टिकट खरिद गर्ने ग्राहकहरुले हरेक हवाई टिकटमा उच्चतम रिवार्ड पोइन्ट पनि प्राप्त गर्न सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्