Shikhar Insurance

सीजीले ल्यायो नयाँ वर्षको अवसरमा ५८ हजारसम्मको क्यासब्याक र आकर्षक उपहार योजना

सिंहदरबार संवाददाता
२०८० चैत्र २१, बुधबार १९:००
NIMB
Nabil Bank

काठमाडौं । सीजी ब्राण्डले नयाँ वर्ष-२०८१ को उपलक्ष्यमा “नयाँ सोचौं, नयाँ रोजौं” भन्ने उपहार योजना ल्याएको छ । सीजीले ५८ हजार ८ सय रुपैयाँसम्मको आकर्षक क्यासब्याक तथा अन्य विभिन्न पक्का उपहारहरु समेतको योजना ल्याएको हो ।

यस उपहार योजना अन्तर्गत सीजीका विभिन्न उत्पादन जस्तै एल.ई.डि टि.भि., गुगल टि.भि., एयर कन्डिशनर, रेफ्रिजरेटर, वाशिङ मेशिन, एयर कुलर, भ्याकुम क्लिनर, अडियो सिस्टम, चेस्ट फ्रिजर र शोकेश तथा माइक्रोवेभ ओभनहरुमा आकर्षक क्यासब्याक तथा सिमित उत्पादनहरुमा पक्का उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यसरी ३२”, ४३”, ५०”, र ५५” को एल.इ.डी. टि.भि., अडियो सिस्टम, रेफ्रिजरेटर, शोकेश, चेस्ट फ्रिजर, एयर कुलर, र भ्याकुम क्लिनर मा क्यासब्याक अफर रहेको छ भने ६५” र ७५” को गुगल टि.भी. मा क्यासब्याक लगायत २.१ स्पीकर उपहार पनि रहेको छ । त्यसैगरी सेमि अटोमेटिक तथा टप लोड वाशिङ मेशिनमा क्यासब्याक लगायत ३ लि. एरियल उपहार रहेको छ भने फ्रन्ट लोडमा क्यासब्याक लगायत ६ के.जी. एरियल उपहार रहेको छ ।

कम्पनीले भने, ‘ग्राहकहरुले माइक्रोवेभ ओभनको खरिदमा क्यासब्याक लगायत कुकिङ किट उपहार पाउन सक्नुहुनेछ भने डिशवाशरमा क्यासब्याक लगायत डिशवाशर किट र एयर कन्डिशनरहरुमा क्यासब्याक लगायत निःशुल्क जडानको सुविधा लिन सक्नुहुनेछ ।’साथै ० प्रतिशत ईएमआई सीजी लोयल्टी क्लब रिवार्ड, र पुरानो इलेक्ट्रोनिक्स् सामानसंग नयां सि.जी.को सामान साट्न सक्ने सुबिधा पनि रहेको छ ।यो योजना चैत्र २१(आज) देखि नेपाल अधिराज्यभर सिमित अवधिको लागि लागु गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्