Shikhar Insurance

एलजीको नयाँ योजनामा ४० प्रतिशतसम्म क्यास ब्याकसँगै १ लाखको दुर्घटना बीमा

सिंहदरबार संवाददाता
२०८० चैत्र २२, बिहीबार ११:३६
NIMB
Nabil Bank

काठमाडौं । एलजी ब्राण्डले नयाँ बर्ष २०८१ लाई लक्षित गर्दै ‘नयाँ बर्षको सुखद सुरुवात, नगद र उपहारको साथ’ योजना ल्याएको छ । एलजीका घरायसी सामानहरु खरिद गर्दा नगद छुट र पक्का उपहारका साथै १ लाख रुपैयाँको दुर्घटना बीमा, तथा लक्की ड्रमा एलजी ओलेड टिभी हरेक महिना जित्न सक्ने योजना बजारमा ल्याएको हो ।

एलजी ओलेड टिभी, एलजी क्युनेड टिभी, एलजी युएचडी टिभी, साउन्ड बार, होम अडियो, एलजी सिङ्गल डोर रेफ्रिजेरेटर र भ्याकुम क्लिनरको खरिदमा ग्राहकहरुले ४०% सम्मको क्यास ब्याक प्राप्त गर्न सक्ने कम्पनील जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै एलजी साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजेरेटरको खरिदमा माइक्रोवेभ ओभन, एलजी डबल डोर रेफ्रिजेरेटर(३०८ लिटर र माथि)को खरिदमा मिक्सर वा भेजिटेबल प्युरिफायर, एलजी डबल डोर रेफ्रिजेरेटर(२८५ लिटर सम्म)को खरिदमा भ्याकुम फ्लास्क वा प्रेसर कुकर, एलजी फ्रन्ट लोड वाशिङ मेसिन(१० केजी र माथि)को खरिदमा इन्डक्सन कुकर, एलजी फ्रन्ट लोड वाशिङ मेसिन(९ केजी सम्म)को खरिदमा ६ केजी डिटरजेन्ट पाउडर, एलजी टप लोड तथा टुइन टब वाशिङ मेसिनको खरिदमा ४ लिटर डिटरजेन्ट लिकुइद, एलजी डिस वासरको खरिदमा २ प्याकेट डिसवासर किट, एलजी माइक्रोवेभ ओभनको खरिदमा खाना पकाउने कीट र एलजी एयर प्युरिफायरको खरिदमा एयर हिउमिडिफायर प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले भने, ‘एयर सलुसन तर्फको एलजी रुम एयर कन्डिसनर र फ्लोर स्ट्यान्डीङ तथा क्यासेट एयर कन्डिसनरको खरिदमा ग्राहकहरुले फ्री इन्स्टलेशन सेवा पाउन सक्नु हुनेछ । साथै ग्राहकहरुले हरेक महिना लक्की ड्र मार्फत २ वटा एलजी ओलेड टिभी जित्न सक्नुहुनेछ । र कुनै पनि एलजी टिभी को खरिदमा १ लाख रुपैयाँको दुर्घटना बिमा पनि प्राप्त गर्न सक्नु हुनेछ ।’

ग्राहकहरुले लक्की ड्र र दुर्घटना बिमामा समाबेश हुन बिज्ञापनमा दिईएको छुट्टा छुट्टै क्यु आर कोड स्क्यान गरेर मागिएको विवरण भरेर रजिस्टर गर्नु पर्नेछ । यसका साथसाथै शुन्य ५ ब्याजदरमा ईएमआइ, कुनै पनि ब्रान्डको पुरानो सामान सँग एलजीको सामान सँग साट्न सकिने एक्सचेन्ज अफर, एलजी लोयल्टी क्लब रिवार्ड, फ्री एलजी सर्टिफाईड इन्स्ट्लेसन र फ्री डेलिभरी पनि रहेको छ । यो योजना चैत्र २१ गते देखी नेपाल अधिराज्यभरी सिमित अवधी को लागि लागू गरिएको कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्