Shikhar Insurance

नेपाल टेलिकमले बन्द गर्‍यो सुन्धारा क्षेत्राधिकार भित्र कपर नेटवर्क

सिंहदरबार संवाददाता
२०८० चैत्र २२, बिहीबार १८:०४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल टेलिकमले दूरसञ्चार कार्यालय सुन्धाराको क्षेत्राधिकार भित्रका स्थानहरुमा पुरानो कपर नेटवर्क बन्द गरेको छ । टेलिकमले चैत २२ गते सुन्धारामा आयोजित एक कार्यक्रममा कपर प्रविधिको टेलिफोन सेवाको स्वीच अफ गरी यो सेवा बन्द गरेको हो ।

कपर प्रविधिबाट वितरित टेलिफोन तथा एडिएसएल लाईनहरु पूर्ण रुपमा आधुनिक फाईबर प्रविधिको एफटीटीएच नेटवर्कमा माईग्रेशन कार्य सम्पन्न गरी कपर नेटवर्क बन्द गरिएको हो । उक्त कार्यक्रममा प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले टेलिकम क्षेत्रमा प्रविधि रुपान्तरण आवश्यक रहेकोले त्यसैको निरन्तरता तथा समयको माग अनुरुप पुरानो कपर प्रविधिलाई आधुनिक फाईबर प्रविधिमा रुपान्तरण गरिएको जानकारी दिईन् ।

Citizen Life
Kumar Bank
Nepal Life

एफटीटीएच प्रविधिमा माईग्रेशन भईसकेपछि ग्राहकले अत्याधुनिक प्रविधिको एनटी फाइबरमार्फत एउटै तारबाट तीव्र गतिको इन्टरनेट, टेलिफोन र टेलिभिजन सेवा समेत प्राप्त गर्न सक्ने भएकोले यो सेवा ग्राहकहरुका लागि फलदायी हुने विश्वास कम्पनीको रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्