Shikhar Insurance

टर्कीएले इजराइलमाथि निर्माण सामग्रीका व्यापारमा प्रतिबन्ध लगाउने

सिंहदरबार संवाददाता
२०८० चैत्र २७, मंगलवार १३:२२
NIMB
Nabil Bank

एजेन्सी । गाजामा इजराइली युद्धको जवाफमा टर्कीएले (आज)मङ्गलबारदेखि इजराइलमाथि व्यापार प्रतिबन्ध लगाउने व्यापार मन्त्रालयले जनाएको छ । टर्कीएले सिमेन्ट, स्टिल र फलामको निर्माण सामग्रीसहित धेरै उत्पादनमा इजराइलमाथि व्यापार प्रतिबन्ध लगाउने मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको हो ।

“इजराइलले तत्काल युद्धविराम घोषणा नगरेसम्म र गाजामा मानवीय सहायताको पर्याप्त तथा निर्बाध प्रवाहको अनुमति नदिएसम्म यो निर्णय कायम रहने छ”, मन्त्रालयले सामाजिक सञ्जालमा घोषणा गरेको छ । इजराइलले गाजालाई हवाई सहयाता प्रदान गर्ने आफ्नो प्रयासलाई रोकेको एक दिनपछि टर्कीएले नयाँ कदम चालेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

विदेशमन्त्री हकन फिदानले सोमबार इजराइलविरुद्ध प्रतिशोधको वाचा गर्दै प्रतिबन्धलाई ‘चरणबद्ध रूपमा’ र ‘बिना कुनै ढिलाइ’ लागु गरिने बताए । टर्कीए गाजामा इजराइलको युद्धको सबैभन्दा कठोर आलोचकहरूमध्येको एक रहेको छ । राष्ट्रपति रेसेप तैयम एर्दोगानले इजराइललाई ‘आतङ्कवादी राज्य’ को संज्ञा दिएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्