Shikhar Insurance

९.१९ अंकले बढ्याे सेयर बजार, ४ अर्ब बढी काराेबार

सिंहदरबार संवाददाता
२०८० चैत्र २७, मंगलवार १५:११
NIMB
Nabil Bank

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.१९ अंकले बढेर २०३६.०१ मा पुगेर बन्द भएको हो ।

मंगलबार ३१५ कम्पनीको ९७ लाख ८९ हजार ४ सय १६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १४ करोड ३७ लाख ८३ हजार ९ सय ८९ रुपैयाँ ११ पैसा कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

मंगलबार सबैभन्दा धेरै सूर्यज्योति लाइफ इन्स्योरेन्सको कारोबार भएको छ । आज कम्पनीको १८ करोड ८ लाख १० हजार ९ सय २० रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ४ हजार ९९ रुपैयाँ १० पैसा रहेको छ ।

साथै, आज ८६ कम्पनीको सेयर मूल्य घट्दा १५० कम्पनीको बढेको छ भने ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज ३ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । वीन नेपाल लघुवित्तको सेयरमा नकरात्मक सर्किट लागेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्