Shikhar Insurance

कोशी प्रदेश प्रमुख खापुङसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेश

सिंहदरबार संवाददाता
२०८० चैत्र २७, मंगलवार १६:२२
NIMB
Nabil Bank

मोरङ । मधेसी आयोगले कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेस गरेको छ । नेपालको संविधानको धारा २९४ एवं मधेसी आयोग ऐन, २०७४ को दफा २२ बमोजिम आयोगकी सदस्य रेनुदेवी साहले आयोगको पाँचौँ वार्षिक प्रतिवेदन आज पेश गरेकी हुन् ।

प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख खापुङले आयोगले पहिचान गरेका समस्या सबैको भएकाले भएकाले यसको समाधान गर्नु हामी सबैको जिम्मेवारी रहेको बताए । प्रमुख खापुङले हरेक समुदायको समस्या समाधान गरी मुलुकलाई एकताबद्ध बनाउनु लाग्नुपर्नेमा जोड दिए । उनले नेपालको संविधानको आधार समानुपातिक, समावेशी र समानता भएकाले त्यसभित्र रहेर देशका सम्पूर्ण जातजातिबीच एकतालाई बलियो बनाउनु आवश्यक्ता औँल्याए ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रतिवेदन पेस गर्दै आयोगकी सदस्य साहले १६ जिल्लाका मधेसीको हकहित, धर्म, संस्कृति र न्यायको लागि आयोगले काम गरिरहेको बताउँदै आयोगमा परेका चार सय उजुरीमध्ये दाइजोसम्बन्धी धेरै रहेको जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्