Shikhar Insurance

ब्ल्याक डेकरमा ३० हजार बढीको सामान खरिद गर्दा शुन्य प्रतिशत ब्याजदरमा ईएमआइ

सिंहदरबार संवाददाता
२०८० चैत्र २७, मंगलवार १७:०६
NIMB
Nabil Bank

काठमाडौं । ‘ब्ल्याक डेकर’ ब्रान्डले नयाँ बर्ष २०८१ लाई लक्षित गर्दै ‘न्यु जोएस्, न्यु सेलिब्रेशन’ नामक योजना ल्याएको छ । ग्राहकहरुले ‘ब्ल्याक डेकर’ का साना घरायसी उपकरण खरिद गर्दा हरेक हफ्ता उपहार जित्न सक्ने योजना ल्याएको हो ।

‘ब्ल्याक डेकर’ को कुनै पनि उपकरणको खरिदमा हरेक हप्ता एकजना भाग्यशाली विजेताले ‘ब्ल्याक डेकर’ को उच्च गुणस्तरको फुड स्टिमर जित्न सक्ने कम्पनीले जनाएको छ । यस योजनामा सहभागी हुन ग्राहकहरुले विज्ञापनमा दिइएको क्यु आर कोड स्क्यान गरि फर्ममा आफ्नो विवरण र खरिद गरिएको उपकरणको वारेण्टी कार्ड नम्बर भर्नुपर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै ‘ब्ल्याक डेकर’ का ३० हजार माथिको सामान खरिदमा शुन्य प्रतिशत ब्याजदरमा ईएमआइ र ब्ल्याक डेकर लोयल्टी क्लब रिवार्ड प्रोग्राम पनि उपलब्ध छ । यो योजना चैत्र २७ गते देखि नेपाल अधिराज्यभरी सिमित अवधिको लागि लागू हुने कम्पनीले जानकारी दिएको छ । नेपाल अधिराज्यभर ब्ल्याक डेकर ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्