Shikhar Insurance

इभिले दिनकै १ लाख युनिट बिजुली खपत गर्छ, ५ खर्बको आयात घटाउने योजना छ : घिसिङ

सिंहदरबार संवाददाता
२०८० चैत्र २७, मंगलवार १७:२५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लो समय चार्जिङ स्टेसनमा मात्रै दैनिक १ लाख युनिट विद्युत खपत भइरहेको बताएका छन् ।

मंगलबार ललितपुरमा साझा यातायातको चार्जिङ स्टेसन उद्घाटन कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका छन् । उनले चार्जिङ स्टेसनमा मात्रै दैनिक १ लाख युनिट विद्युत खपतबाट करिव २ करोडको डिजेल र पेट्रोल प्रतिष्थापन गर्ने गरेको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले यही ट्रेडमा विद्युत खपत हुँदा भविष्यमा ५ खर्बको आयातलाई प्रतिष्थापन गर्नसक्ने दाबी गरे । उनले चार्जिङ स्टेसनको माग पछिल्लो समय अत्याधिक रुपमा वृद्धि भएको बताए ।

घिसिङले देशभरका नगरपालिका,स्थानीय निकाय,अस्पताल र निजी क्षेत्रबाट विद्युतीय चार्जिङ स्टेसन राख्न माग आइरहेको बताए । उनले काठमाडौं उपत्यकामा भन्दा पनि बाहिर रुटहरुमा विद्युतीय सवारी साधन धेरै गुड्ने गरेको बताए ।

उनले नेपालको सार्वजनिक यातायातलाई विद्युतीय बनाउनको लागि चार्जिङ पूर्वाधारको जरुरी रहेको बताए । उनले अहिले निजी क्षेत्रसहित ४ सय वटा चार्जिङ स्टेसन जडान भएको भएको भन्दै चार्जिङ स्टेसनमार्फत करिव हजार भन्दा बढी माइक्रोबसहरु देशभर चलिरहेका दाबी गरे ।

उनले करिब ७० प्रतिशत मात्रै रिप्लेसमेन्ट भयो भने नेपालको व्यापार घाटालाई ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले विद्युतीय बस सञ्चालन पछि साझा यातायात पनि फाइदामा आउँने दाबी गरे । उनले विद्युतीय बस डिजेलबाट १० देखि १५ गुणा सस्तो रहेको बताए । उनले अप्रेशन कष्ट १० गुणा सस्तो हुँदा पनि फाइदामा नआउने भन्ने नहुने बताए ।

उनले सरकारले विद्युत खपत बनाउन पुराना बसहरु चलिरहेकाले रिप्लेसमेन्टको नीति ल्याउन आवश्यक रहेको बताए । उनले विद्युतीय बसमा प्रतिस्थापन गर्न केही सुविधा दिनुपर्नेमा जोड दिए । उनले केही ट्याक्सीहरुलाई मात्रै मनोपोली हिसाबले सहमति दिन नहुने बताए ।

न्युज एजेन्सी नेपाल

 

GBIME

प्रतिक्रिया दिनुहोस्