Shikhar Insurance

दोहारो अंकले घट्यो सेयर बजार, कारोबार रकममा पनि गिरावट

सिंहदरबार संवाददाता
२०८० चैत्र २८, बुधबार १५:१०
NIMB
Nabil Bank

काठमाडौं । साताको चौथो कारोबारको दिन सेयर बजार दोहारो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.७१ अंकले घटेर २०२५.३० मा पुगेर बजार बन्द भएको हो ।

बुधबार ३०८ कम्पनीको ८६ लाख ९६ हजार ९ सय १८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४८ करोड ५६ लाख ६० हजार ६ सय ४० रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बुधबार सबैभन्दा धेरै हिमालयन रि इन्स्योरेन्सको कारोबार भएको छ । कम्पनीको १२ करोड ५४ लाख ८८ हजार १३ रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ६ हजार १० रुपैयाँ २० पैसा रहेको छ ।

साथै, आज १७६ कम्पनीको सेयर मूल्य घट्दा ६३ कम्पनीको बढेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज माण्डु हाइड्रोपावरको सेयर मूल्य बढेको छ भने एक कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्