Shikhar Insurance

नेपाल भित्रिने विदेशी पर्यटकको एउटै तथ्यांक नहुँदा नीति निर्माणमा समस्या भयो : सांसदहरु

सिंहदरबार संवाददाता
२०८० चैत्र २८, बुधबार १६:३३
NIMB
Nabil Bank

काठमाडौं । सांसदहरुले नेपालमा भित्रिने विदेशी पर्यटकहरुको तथ्यांक एउटै हुन नसक्दा नीति नियम बनाउन समस्या भईरहेको बताएका छन् । निजी क्षेत्रले दिने तथ्यांक र सरकारी तथ्यांक पनि फरक फरक हुेन गरकाले नीति निर्माणमा समस्या पर्ने बताए । नेपाल उद्योग परिसंघको पर्यटन समितिले काठमाडौंमा आयोजना गरेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँगको अन्तरक्रियामा बोल्दै सांसदहरुले यस्तो बताएका हुन् ।

उनीहरुले वार्षिक रुपमा नेपाल भित्रिने विदेशी पर्यटकहरुको एउटै तथ्यांक हुँदा नीति निर्माण सोहीअनुसार बन्ने जिकिर गरे । कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले डेढदेखि २ वर्षमा १० लाख पर्यटक आइरहेको मुलुकमा ३५ लाख आउँछ भन्ने गरेको भन्दै यस्ता गलत तथ्यांकले नीति निर्माणमा समस्या पर्ने बताए । उनले नेताहरुले पनि गलत तथ्यांक प्रश्तुत गर्ने र व्यवसायीहरुले पनि गलत तथ्यांक प्रश्तुत गर्ने हो भने नेता र व्यवसायीहरुमा फरक नहुने बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

कार्यक्रममा बोल्दै नेकपा एमालेका सांसद एकनाथ ढकालले पनि सही तथ्यांक प्रश्तुत गरेमात्रै नीति निर्माणमा सहयोग पुग्ने बताए । उनले व्यवसायीहरुको लगानी सुरक्षित गर्न आवश्यक ऐन, कानूनहरु निर्माणमा प्राथमिकता दिनेकुरामा सरकार सदैव रहने बताए ।

उनले पर्यटन क्षेत्रको जिडिपीमा कति योगदान छ भन्नेकुरामा सरकार नै अलमलमा रहेको बताए । उनले राज्यले व्यवसायीहरुलाई नियन्त्रण नभइ नियमन मात्रै गरिरहेको जानकारी गरे । उनले विदेशी पर्यटकहरुका लागि उडानमा बढी कर लगाउने कुरा हटाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका सांसद उदय समशेर राणाले नेपाल एयरलाइन्सलाई सरकार र सार्वजनिक मोडलमा सञ्चालन गर्न आवश्यक रहेको बताए । सरकारले ५१ प्रतिशत राख्ने अन्य सार्वजनिक र स्टेकहोल्टहरुसँग साझा गर्ने विषयमा अघि बढ्न आवश्यक रहेको बताए । उनले होटललाई उद्योगको मान्यता दिनुपर्नेमा आफू सहमत रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलसमशेर जबराले राज्यले कसैका मागहरु पनि नसुन्ने भन्दै राज्यलाई झक्झक्याउन होटलहरु बन्द गरेर आन्दोलनमा उत्रिन सुझाव दिए । उनले पर्यटन क्षेत्र नेपालको लागि धेरै नै महत्वपूर्ण रहेको भन्दै सबैले मिलेर काम गर्नुको विकल्प नरहेको जिकिर गरे ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले निजगढ विमानस्थल नेपालका लागि आवश्यक रहेको बताए । उनले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारले सञ्चालन गर्न आवश्यक पहल लिन नसकेको जिकिर गरे । उनले पर्यटन क्षेत्रका लागि सरकारले आवश्यक नीति र योजना बनाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी, नेपालका सांसद राजकिशोर यादवले राज्य व्यवसायिक बिद्रोही नभएको बताए । उनले राज्यलाई व्यवसायको वातावरण बनाउन झक्झकाइरहनुपर्ने बताए । उनले शंका लागेकै भरमा व्यवसायीहरुलाई दोषी ठहर गर्न नहुने बताए । उनले नेपालमा व्यवसाय गरेर सम्पन्न बन्नु पाप हो जस्तो गरी भाष्य सिर्जना गरिएको बताए ।

उनले राज्यले सबै चिज नियन्त्रण गर्नुपर्छ भन्ने मनोविज्ञानबाट सत्ता सञ्चालन भइरहेको बताए । उनले गरिबी बेचेर देशको बद्नाम गर्न नहुने जानकारी गरे ।

न्युज एजेन्सी नेपाल

 

GBIME

प्रतिक्रिया दिनुहोस्