Shikhar Insurance

रूसका करिब १३ हजार घरहरू डुबानमा

सिंहदरबार संवाददाता
२०८० चैत्र २८, बुधबार १८:०८
NIMB
Nabil Bank

एजेन्सी । रूसका केही भागमा तेह्र हजारभन्दा बढी आवासीय भवन डुबानमा परेको छ । अधिकांश बाढीग्रस्त क्षेत्रहरू ओरेनबर्ग क्षेत्रमा रहेको र यहाँ १२ हजार ८०० घरहरू डुबानमा परेको हो ।

ओरेनबर्ग क्षेत्रमा सात हजार ७ सयभन्दा बढी मानिसलाई विस्थापित गरिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । ओरेनबर्गको ओस्र्क सहरमा बाढीका कारण छ हजार ७ सय आवासीय भवनहरू डुबानमा परेका र दुई हजार ६१६ मानिसहरूलाई विस्थापित भएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

तापक्रममा निरन्तररूपमा औसत वृद्धिका कारण रूसको पश्चिमी साइबेरिया, भोल्गा क्षेत्र र केन्द्रीय सङ्घीय क्षेत्रमा हिउँ पग्लिँदा विपत्ति निम्तिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्