Shikhar Insurance

गौश्वाराको सिद्धभूमे सामुदायिक वनमा चिया खेती

सिंहदरबार संवाददाता
२०८० चैत्र २९, बिहीबार १०:५८
NIMB
Nabil Bank

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ गौश्वाराको सिद्धभूमे हरियाली सामुदायिक वनमा चियाखेती सफल भएको छ ।

सामुदायिक वनको १० रोपनी क्षेत्रफलमध्ये ४ रोपनीमा परीक्षणका रुपमा गरिएको चियाखेती सफल भएको सिद्धभूमे हरियाली सामुदायिक वन उपभोक्ता समितिका सदस्य खिमबहादुर मल्लठकुरीले जानकारी दिएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

समुद्री सतहदेखि २  हजार २ सय मिटरको उचाइमा रहेको गौश्वारामा सात वर्षअघि गोल्डेन जातको चियाका पाँच हजार बिरुवा परीक्षणको रुपमा लगाइएको थियो । तिनै बिरुवा हुर्केर अहिले सो क्षेत्र चियाको वनमा रुपान्तरण भएको छ ।

हामीले परीक्षणको रुपमा लगाएका बिरुवाले यस वर्षदेखि उत्पादन दिएका छन्चि उनले भने ‘चिया खेती निकै राम्रो भएको छ । आगामी दिनमा बिरुवा थप्ने योजनामा छौँ ।‘ गौश्वारा गाउँ शीतोष्ण हावापानी भएको र पूर्वतर्फ फर्किएको जौविक विविधताले सम्पन्न नमूना गाउँ हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्