Shikhar Insurance

मुद्दती निक्षेपमा सबैभन्दा धेरै एनएमबीले ब्याज दिने, वैशाखका लागि कुन बैंकले कति तोक्यो ब्याजदर

सिंहदरबार संवाददाता
२०८० चैत्र ३०, शुक्रबार ११:५८
NIMB
Nabil Bank

काठमाडौं । मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याज एनएमबी बैंक लिमिटेडले दिने भएको छ । शुक्रबार ब्याजदर प्रकाशित गर्दै वैशाख महिनाका लागि बैंकले ७.९७ प्रतिशत ब्याज तोकेको हो ।

बैंकले चैत महिनामा ७ प्रतिशत ब्याज तोकेको थियो । वैशाखका लागि भने बैंकले ०.९७ प्रतिशतले ब्याज बढाएको हो । वैशाखका लागि अधिकांस बैंकहरुले ब्याजदर घटाउँदा एनएमबी र एभरेष्ट बैंकले भने ब्याजदर बढाएका हुन् ।वैशाख महिनाका लागि एभरेष्ट बैंकले ०.५ प्रतिशत ब्याज बढाएर ७ प्रतिशत कायम गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तै, एनआइसी एशियाले बैंकले ८.५४ प्रतिशतबाट घटाएर ७.७५ प्रतिशत कायम गरेको छ । प्राइम कमर्सियल बैंकले ७.२५ प्रतिशतबाट घटाएर ७.१ मा झारेको छ । माछापुच्छ्रे बैंकले ७.७५ बाट ७.२५ मा झारेको छ ।

यसैगरी, नेपाल एसबीआई बैंकले ७.०१ बाट ६.५३ प्रतिशत, कुमारी बैंकले ७.५१ बाट ७.२६ प्रतिशत मा ल्याएका छन् । कृषि विकास बैंकले वैशाख महिनाका लागि मुद्दती निक्षेपमा चैतकै ५.६६ प्रतिशतलाई निरन्तरता दिएको छ । प्रभु बैंकले ७.५ बाट ७, सानिमा बैंकले ७.२५ बाट ७.१, लक्ष्मी सनराइज बैंकले ७.५ बाट ७ कायम गरेका छन् ।

सिद्दार्थ बैंकले ७.५ बाट वैशाखका लागि ७.२५ प्रतिशत तोकेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि चैत महिनाकै ७ प्रतिशतलाई निरन्तरता दिएको छ।

राष्ट्रिय वाणिज्य बैंकले ७ बाट ६.५५, नबिल बैंकले चैत महिनाकै  ७.२५ लाई निरन्तरता दिएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले पनि चैत महिनाकै ७ प्रतिशतलाई नै निरन्तरता दिएको छ । सिटिजन्स् बैंकले ७.७५ बाट ७.५, हिमालयन बैंकले चैत महिनाकै  ७.५  प्रतिशतलाई निरन्तरता दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्