Shikhar Insurance

कञ्चनपुर भौतिक पूर्वाधार नहुँदा आयुर्वेद औषधालयमा समस्या

सिंहदरबार संवाददाता
२०८० चैत्र ३०, शुक्रबार १६:२१
NIMB
Nabil Bank

कञ्चनपुर । महेन्द्रनगरस्थित महाकाली आयुर्वेद औषधालयमा भौतिक संरचना र जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भएको छ । आयुर्वेदिक औषधालयमा सेवा लिने बिरामीको चाप बढेपनि जीर्ण भवनबाट सेवा प्रवाहमा समस्या देखिएको हो ।

औषधालयमा पर्याप्त भौतिक पूर्वाधार र जनशक्ति नहुँदा महिला र पुरुष बिरामीलाई एउटै कोठामा पर्दा लगाएर उपचार गर्नुपर्ने बाध्यता रहेको औषधालयले जनाएको छ  । भवन पनि चुहिने र जीर्ण अवस्थामा रहेको हुँदा उपलब्ध जनशक्तिले पनि गुणस्तरीय आयुर्वेद सेवा दिन नसकेको औषधालयका प्रमुख डा ओम प्रकाश कलौनीले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

वि.सं २०५२ सालमा निर्माण भएको भवन जीर्ण भइसकेको छ  डा कलौनीले उनले भने भएको जनशक्तिले पनि भौतिक पूर्वाधर अभावका कारण सेवा दिन सकेका छैनौँ ।” पछिल्लो समय पञ्चकर्म सेवा लिन आउने बिरामीको सङ्ख्या बढेको उनले बताए ।

महिला पुरुष बिरामीलाई एउटै कोठामा राखेर उपचार गर्नुपर्ने बाध्यता छ उनले भने पञ्चकर्म सेवा लिन मात्रै दैनिक ४० जनाभन्दा बढी बिरामी आउने गरेका छन् । उनले सामाजिक विकास मन्त्रालयले डिपीआर तयार गरेको बताउँदै आगामी आर्थिक वर्षमा बजेट विनियोजन हुने अपेक्षा गरेको बताए ।

औषधालयले दिने सेवा राम्रो भए पनि साघुँरो कोठामा उपचार गर्न जाँदा निकै सकस हुने गरेको सेवाग्राहीको गुनासो छ । पञ्चकर्म सेवा लिन औषधालयमा पुगेका स्थानीय चन्द्रकान्त ठकुराठीले अस्पतालमा बिरामीलाई बस्न र शौचालयको सुविधासमेत नभएको बताए । यहाँ उपचार गरेपछि मेरो स्वास्थ्यमा सुधार भएको छ सेवा एकदमै राम्रो छ उनले भने उपचारका लागि साघुँरो कोठामा पर्दा लगाएर महिला र पुरुषको उपचार हुन्छ यसले असहज भएको छ । उनले महिला पुरुषका लागि छुट्टै कोठामा उपचारको व्यवस्था हुनुपर्ने धारणा राख्य ।

सरकारले महेन्द्रनगरमै कराडौँका संरचना निर्माण गरेको छ ती संरचना प्रयोगविहीन छन् स्थानीय रमेश पन्तले भने स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई बेवास्ता गर्नुहुँदैन तीनै तहका सरकारले आयुर्वेदिक औषधालयमा भौतिक संरचना र जनशक्ति थप्नुपर्छ ।

गत आर्थिक वर्षमा औषधालयबाट २६ हजारले ओपिडी सेवा लिएका छन् । चालु आर्थिक वर्षको हालसम्म १८ हजार सेवाग्राहीले सेवा लिएको औषधालयले जनाएको छ । औषधालयबाट ओपिडीमा स्वास्थ्य परीक्षण गरी निःशुःल्क रुपमा औषधि दिने गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्