Shikhar Insurance

सबैलाई मिलाएर लैजाने नेतृत्व आवश्यक छ: डा.लोहनी

सिंहदरबार संवाददाता
२०८१ बैशाख २, आईतवार १३:१५
NIMB
Nabil Bank

काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले सबैलाई समेट्ने र सबैलाई मिलाएर लैजाने नेतृत्व आवश्यक रहेको बताएका छन् । आइतबार काठमाडौंमा स्व.सूर्यबहादुर थापाको नवौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले देशमा पूर्वाग्रह नराख्ने, सबैलाई समेटेर लिने, सबैलाई मिलेर लैजाने एउटा परिस्थिति आवश्यक रहेको बताए । उनले उदयमान अर्थतन्त्रका दुई देश चीन र भारतबाट सिकेर नेपालले काम गर्न आवश्यक रहेको बताए । उनले राजनीतिक स्थिरता देशको लागि आवश्यक भएको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

पूर्वअर्थमन्त्री लोहनीले नेपाल राजनीतिक रुपमा अस्थिर, आर्थिक रुपमा कमजोर र राष्ट्रिय हितको पक्षमा खुट्टा कमाउने स्थितिमा पुगिरहेको जानकारी गरे । उनले कसैले कसैलाई निषेध नगरी राजनीतिक स्थिरता र आर्थिक विकासको नयाँ राजमार्गको परिकल्पनामा सहमति हुन जरुरी रहेको जिकिर गरे ।

न्युज एजेन्सी नेपाल

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्