Shikhar Insurance

भारतले नेपाललाई दियो ६६ स्कुल बस र ३५ एम्बुलेन्स उपहार

सिंहदरबार संवाददाता
२०८१ बैशाख २, आईतवार १३:२३
NIMB
Nabil Bank

काठमाडौं । भारत सरकारले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य संस्था र विद्यालयहरुलाई ६६ वटा स्कुल बस र ३५ वटा एम्बुलेन्स उपहारस्वरुप हस्तान्तरण गरेको छ ।
भारतीय राजदुतावास काठमाडौंमा आयोजित एक समारोहबीच नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तरर्गतका ६६ वटा स्कुल बस र ३५ वटा एम्बुलेन्स उपहारस्वरुप हस्तान्तरण गरेको हो ।

अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले उक्त एम्बुलेन्स तथा स्कुल बसका चाबी हस्तान्तरण गरे । नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रको उच्च प्राथमिकतालाई ध्यानमा राख्दै भारत सरकारले सन् १९९४ यता भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न क्षेत्रका लाभग्राही संस्थालाई वर्षको दुई पटक एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरूप प्रदान गर्दै आएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यसै अनुरुप आइतबार विभिन्न दुर्गम जिल्लाका स्थानीयलाई एम्बुलेन्स र स्कुल बसहरु हस्तान्तरण भएको छ । कार्यक्रमपछि कुराकानीमा अर्थमन्त्री वर्षमान पुनले नेपाल–भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत भारत सरकारको लामो समयदेखिको परम्परा रहेको बताउनु भयो । उहाँले यो कार्यक्रम भारत र नेपालबीचको बलियो विकास साझेदारीकै एक अंशको रूपमा रहेको उल्लेख गरे ।

उनले भारत सरकारले विभिन्न जिल्लाका स्वास्थ्य संस्था र विद्यालयको लागि ६६ वटा स्कुल बस र ३५ वटा एम्बुलेन्स प्राप्त भएको बताए । अर्थमन्त्री पुनले भारत सरकारको यस्तो सहयोग परियोजनाले दुई देशबीचकोे सम्पर्क र द्विपक्षीय सम्बन्धलाई निरन्तर सुदृढ बनाउँदै लैजाने विश्वास व्यक्त गरे ।

न्युज एजेन्सी नेपाल

 

GBIME

प्रतिक्रिया दिनुहोस्