Shikhar Insurance

उद्यमीलाई उत्पादन र बजारसँग जोड्दै काठमाडौं महानगर, शहरी गरिबी अन्त्य गर्ने योजना

सिंहदरबार संवाददाता
२०८१ बैशाख २, आईतवार १४:३७
NIMB
Nabil Bank

काठमाडौं । काठमाडौं महानगरपालिकाले उद्यमशिल महिलालाई विभिन्न किसिमको सीपमुलुक तालिम, व्यवसायिक सिकाई जस्ता रोजगारमुलक कार्यक्रममार्फत उत्पादन र बजारसँग जोड्ने भएको छ । महानगरले ३२ वटै वडामा एक वडा एक नमूना उद्यमशिलता कार्यक्रम शुरु गरेको हो ।

महानगरपालिकाले ‘एक वडा एक नमूना उद्यमशिलता,आफ्नै सीपमा मौलिक पन,आत्मनिर्भर उद्यमी, हाम्रै्र लगानी,हाम्रै श्रम’ नारासहित उक्त कार्यक्रमको थालनी गर्न लागेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

महानगरपालिकाले महानगरभित्रका ३२ वडाका उद्यमशिल बन्न चाहने महिला तथा पुरुषहरुको लागि उद्यमशिल तालिम कार्यक्रम शुरुवात गरेको छ । पहिलो चरणमा १६ वटा वडाहरुमा योजना बनाएको छ । १६ वडा वडाको सिकाई, अनुभवको आधारमा ३२ वटावडाहरुमा एक वडा एक नमूना उद्यमशिलता कार्यक्रम लैजाने योजना बनाएको छ । महानगरले गर्ने उद्यमशिल तालिम ३२ वटामा फरक–फरक किसिमका हुनेछन् । उद्यमशीलता प्रवद्र्धनमार्फत दिगो र समावेशी अर्थतन्त्रको आधार सिर्जना गर्न उद्देश्यले काठमाडौं महानगरले हरेक वडामा एक वडा एक नमूना उद्यमशिलता कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ ।

काठमाडौं महानगर भित्रका महिला उद्यमशीलतामार्फत उत्पादन वृद्धि गरी बजारसँग जोड्ने महानगरको योजना रहेको जनाएको छ । महानगर पालिकाले महिला उद्यमीद्वारा उत्पादन बस्तुहरुलाई बजारको प्रवद्र्धन गर्ने योजनामा छ । निर्वाचनको बेलामा जनप्रतिनिधि भए महिलालाई आत्मनिर्भर बनाउने उद्यमशिल तालिमको योजना बनाउने भनि गरेका प्रतिवद्धतालाई महानगरपालिकाले कार्यान्वयनमा ल्याउन लागेको हो ।

काठमाडौं महानगरलाई कृषिजन्य, काष्ठ र माटोजन्य वस्तु उत्पादनमा आत्मनिर्भर महानगर बनाउन सिपमुलक तालिमसहित प्राविधि समेत दिएर उद्यमी बनाउने उद्देश्य रहेको काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताएकी छिन् ।

उनले महानगरका ३२ वटै वडाभित्र उद्यमी बन्न चाहनेहरुलाई फरक–फरक सीपको तालिम दिने र फरक–फरक उत्पादन गरी उत्पादनलाई बजारसँग जोडिने उल्लेख गरिन् । उपप्रमुख डंगोलले उद्यमशिल तालिममा महिला उद्यमी मात्रै नभएर पुरुष उद्यमीहरु पनि जोडिन सक्ने जानकारी दिइन् ।
उनले महानगरका हरेक वडामा फरक–फरक किसिमको तालिम तालिमका लागि मात्रै नभएर तालिम लिएको क्षेत्रमा विज्ञ बनाएर उद्यमी बनाउने गरी उनीहरुलाई तालिम दिने योजना र कार्यक्रम बनाएको दाबी गरिन् ।

काठमाडौं महानगरले उद्यमी बनाएर उत्पादित वस्तुलाई बजारसँग जोड्ने, गुणस्तर कायम गर्ने र उत्पादनहरुमा बढी जोड दिने लक्ष्य लिएको छ । ३२ वटामा नै उद्यमी जन्माउनको लागि महानगर अन्य निकायहरुसँग पनि सहकार्य र समन्वय गरी काम गर्ने गरी योजना बनाइरहेको छ ।

महानगरले उद्यमशिल तालिम दिनु ठूलो कुरा नभएको भन्दै उपप्रमुख डंगोलले व्यवहारमा ल्याएर दिगो र प्रभावकारी रुपमा उत्पादन गर्नु अहिलेको चुनौति रहेको दाबी गरिन् । उनले यस्ता चुनौतिलाई चिर्नको लागि महानगरले एक वडा एक नमूना उद्यमसिलत कार्यक्रमबाट धेरैले उपलब्धी लिने बताइन् ।

उनले काठमाडौंमा भएको शहरी गरिव अन्त्य गर्नको लागि पनि उद्यमशिल तालिम अघि सारिएको बताइन् । उनले काठमाडौं महानगरभित्रको गरिबीको रेखामुनी रहेकालाई उद्यमशिलता मार्फत जीवनस्तर माथि उकास्ने योजना रहेको दाबी गरे ।

स्थानीय आवश्यकताको आधारमा उद्यमशिल तालिम

महानगरले ३२ वटा वडामा त्यहाँको स्थानीय आवश्यकता पहिचान गरेर उद्यमशिल तालिमको व्यवस्था गर्ने भएको छ । महानगरले ३२ वटा वडामा फरक–फरक सिपमुलक उद्यमशिल तालिमको कार्ययोजना बनाएर अघि बढेको छ । ३२ वडामा बस्ने काठमाडौंवासी मात्रै नभएर बाहिरबाट आएर काठमाडौंका विभिन्न वडामा बस्नेहरुले पनि आवेदन दिई उद्यमशिल तालिममा सहभागिता जनाउन सक्नेछ ।

आवदेन दिनेहरुको उद्यमी बन्ने इच्छाशक्ति र विगतलाई समेत हेरेर महानगरले छनोट गरी तालिम दिएर आर्यआर्जन गरी उद्यमी बन्न सक्ने आधार बनाउने महानगरले जनाएको छ । महानगर उपप्रमुख डंगोलले वडाहरुमा फरक–फरक तालिमहरु दिन लागिएको बताइन् ।

उनले कुनै वडामा गुन्द्रुक बनाउने, मस्यौरा बनाउने,कुनै वडामा माटोका भाडा बनाउने तालिम दिने बताइन् । उनले महानगरको वडा नम्बर ५ मा माटोको भाँडा बनाउने तालिम दिएको बताउनु भयो । उनले तालिम लिएका उद्यमीहरुलाई अहिले महानगरले प्रविधि हस्तान्तरण गरेर एड्भान्स लेभलको तालिम दिइरहेको बताइन् । उनले वडा नम्बर ५ लाई माटोको भाडामा आत्मनिर्भर घोषणा गर्ने योजना रहेको जानकारी दिइन ।

उनले महानगरको १२ नम्बर वडामा सुकुल बुनाउने तालिम दिने तयारी रहेको बताइन् । उनले १६ नम्बर वडामा काष्ठ बनाउने र वडा नम्बर ८ पशुपति क्षेत्रमा रुद्राक्षको माला दुना टपरीको निकै माग हुने भएकाले रुद्राक्षको माला र दुना टपरी बनाउने तालिम दिने बताइन् । उनले स्थानीय मागअनुसार तालिम दिने तयारी र योजना रहेको जानकारी दिइन् ।

शहरी गरिबी अन्त्यको लागि उद्यमशिलता

काठमाडौं महानगर पालिकाले महानगर पालिकाभित्र रहेको शहरी गरिबीलाई अन्त्य गर्ने योजनाका साथ उद्यमशिल कार्यक्रमलाई अघि सारेको बताएको छ । काठमाडौं महानगरभित्र पनि शहरी गरिबी रहेको छ । मुलुकको राजधानी काठमाडौंमा पनि गरिबीको रेखामुनी रहेका मानिसहरु बसोवास गर्ने गरेका छन् ।

खास गरी उनीहरुको जीवनस्तर माथि उठाउने र आयआर्जनको माध्यमबाट गरिबी अन्त्य गर्ने योजनाका साथ ३२ वडामा गरिबी लक्षित रोजगार मुलक सीप तालिम सञ्चालन गर्न लागिएको उप्रमुख डंगोलको भनाइ रहेको छ ।

उनले काठमाडौं महानगरभित्र पनि गरिबी छ र ? भन्ने प्रश्न आउने गरेको बताइन् । उपप्रमुख डंगोलले महानगरभित्र पनि शहरी गरिबी रहेकाले उद्यम,सीप तालिममार्फत स्थानीय उत्पादनमा लगाउने उदेश्यले बजेट मार्फत उद्यमशिल तालिम सञ्चालनको तयारीमा गरिएको दाबी गरिन् ।

‘काठमाडौंमा गरिबहरु हुनुहुन्छ भनेर धेरैले प्रश्न सोध्नुहुन्छ । काठमाडौंमा छुट्टै खालका शहरी गरिबहरु पनि रहेका छन्’ उनले भनिन् ।
उनले शहरी गरिबलाई पनि मध्यनजरमा राखेर उद्यमशिल तालिमहरु अघि सारेको बताइन् । उनले उद्यमशिल तालिमको माध्यमबाट गरिबीको रेखामा रहेकाहरुको जीवनस्तरमा सुधार ल्याउने बताइन्् । उनले गरिबीको रेखाबाट माथि उठ्ने गरी महानगरले उद्यमशिल कार्यक्रमलाई व्यवस्थित र दिगोपन दिनेगरी अघि सारेको जानकारी दिइन् ।

काठमाडौं महानगरले महानगरभित्रका गरिबी पहिचान गरिरहेको छ । महानगरले गरिबी पहिचानको यकिन तथ्याङ्क आएसँग त्यही अनुसार कार्यक्रमहरु ल्याउने र गरिबीको रेखामा रहेकालाई उद्यमशिलतासँग जोडर उद्यमी बनाउने महानगरले लक्ष्य लिएको छ ।

हरेक वडामा कोसेली घर

महानगरले ३२ वडामा उद्यमशिल तालिम दिएर प्रविधिमार्फत उत्पादन शुरु गरेपछि हरेक वडामा एक कोसेली घर स्थापना गर्ने योजना बनाएको छ । उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुलाई बजारसँग जोड र स्थानीय उत्पादनमा प्रत्येक वडा आत्मनिभर बनाउने उद्देश्य महानगरको छ ।

महानगरले दिएको सीपमुलक तालिममार्फत उत्पादन भएका वस्तुहरुलाई बजारसँग जोड्नको लागि कोसेली घर स्थापना गरिने महानगरले जनाएको छ । वडामा उद्यमीहरुले उत्पादन गरेका वस्तुलाई कोसेली घरसँग जोड्ने गरी अवधारणा अघि सारिएको उपप्रमुख डंगोलको भनाइ छ ।

महानगरले दिएको उद्यमशिल तालिमबाट उद्यमीले उत्पादन गरेको वस्तुहरु कोसेली घरमा मात्रै सिमित राख्ने भन्दा पनि काठमाडौं भित्र र देशभर विभिन्न ठाउँमा रहेका बजारहरुमा लैजाने वातावरण बनाउने उपप्रमुख डंगोलको दाबी छ ।

बिगमार्ट र सुपर मार्केटहरुमा ‘मेड इन काठमाण्डौं’को छुट्टै स्थान रहने

काठमाडौं महानगरले स्थानीय साना तथा घरेलु उद्यमीहरुले उत्पादन गरेका वस्तुको लागि विभिन्न मार्ट र सुपर मार्केटमा ‘मेड इन काठमाडांै’को छुट्टै स्पेस अनिवार्य राख्नुपर्ने अवधारणा ल्याउन लागेको छ ।

महानगरले नेपाली उद्यमीहरुले उत्पादन गरेका वस्तुलाई पहिलो प्राथमिकतामा राखि नेपाली वस्तुहरुको प्रोत्साहन गर्ने उद्देश्यले यस्तो अवधारण अघि सार्न लागेको हो । नेपाली उत्पादनहरुलाई नेपालीहरुले प्रमुख प्राथमिकता दिन आवश्यक रहेकाले यस्तो अवधारण ल्याउन लागिएको उप्रमुख डंगोलको भनाइ छ ।

उनले महानगर भित्रका उद्यमीहरुले उत्पादन गरेका कृषिजन्य तथा अन्य वस्तुहरुलाई महानगरभित्रका मार्ट तथा सुपरमार्केटहरुले अनिवार्य स्पेश दिन आवश्यक रहेको बताइन् । उनले मार्ट तथा सुपर मार्केटहरुले नेपाली उत्पादनलाई ठाउँ नदिने हो भने प्रतिष्पर्धा गर्न नसक्ने बताइन् । उनले स्पेस भएर बजारसँग नेपाली उद्यमीले उत्पादन गरेका वस्तुहरु जोडिए मात्रै बजारमा प्रतिष्पर्धा गर्न सक्ने बताइन् ।

उनले मार्ट तथा सुपर मार्केटहरुमा मेड इन नेपाल,मेड इन काठमाडौं सेक्सन बनाएर हरेक मार्टबाट त्यस्ता वस्तुहरुलाई जोड्ने लक्ष्य महानगरको रहेको बताइन्् । उनले त्यसको लागि महानगरले विभिन्न स्टेक होल्डरसँग सहकार्यको लागि छलफल अघि बढाएको उल्लेख गरिन् ।

त्यस्तै,उपप्रमुख डंगोलले शनिवार वा अरु दिनहरुमा महानगरभित्रकै वडाको पेरिफेरिमा,सभागृह भित्र अथवा अन्य ठाउँहरुमा मेड इन काठमाडौं मेला गर्ने योजना बनाएको पनि बताइन् ।

उनले उद्यमीहरुले उद्यमशिलता तालिमपछि गरेको उत्पादनगुणस्तर परीक्षण गरी गुणस्तर कायम भए उद्योग स्थापना गर्ने स्थानीय सरकारको रुपमा उद्यमीहरुलाई सहयोग गर्ने बताइन् । उद्यमीहरुलाई महानगरले करमा छुट दिएर मेड इन काठमाडौं जस्ता मेला आयोजना गरेर उद्यमीहरुलाई बजारसँग जोड्ने लक्ष्य राखेको उनको भनाइ रहेको छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्ने योजना
काठमाडौं महानगरको उद्यमशिल तालिमबाट ३२ वटै वडामा फरक–फरक किसिमका उद्यमीले उत्पादन गरेका वस्तुलाई देशभरका बजारसँग जोड्ने र अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने योजना रहेको उल्लेख गरेको छ ।

महानगरले ३२ वडामा उत्पादन भएका वस्तुहरुलाई महानगरभित्र मात्रै सिमित नराख्ने जनाएको छ । महानगर उप्रमुख डंगोलले स्थानीय उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई गुणस्तर कायम गरी राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा पठाउन बताइन् ।

उनले नेपालबाट धेरै बस्तुहरु विदेशमा निर्यात पनि भइरहेको भन्दै विदेशमा नेपाली उत्पादन निर्यात गर्ने व्यवसायीहरुसँग पनि छलफल गरिरहेको दाबी गरे ।

उहाँले भन्नुभयो,‘यो महानगरपालिका भित्र मात्रै पनि सिमित हुँदैन । त्यस्ता वस्तुहरु देशभर जानसक्ने गुणस्तर बनाउन सकिन्छ । त्यस्तै,नेपालबाट धेरै वस्तुहरु विदेशमा निर्यात पनि भइरहेको छ । विदेशमा नेपाली उत्पादन निर्यात गर्ने व्यवसायीहरुसँग पनि महानगरले छलफल गरिरहेको छ ।’

उनले महानगरले उद्यमशिल तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारसँग जोड्न गरी उत्पादन वृद्धि गर्ने योजना बनाएर कार्यक्रम अघि बढाएको जिकिर गरिन् । उनले उद्यमशिल तालिम श्रमसँग मात्रै नभई सीप,आत्मनिर्भरता ,समाजरुपान्तरण र गरिबी निवारणसँग पनि जोडिएको दाबी गरेक छिन् ।

महानगरले श्रम मेलामा २०८१ सालमा २ हजार ८१ जनालाई श्रम र रोजगारीसँग जोड्ने उद्देश्य छ । श्रम मेला सीप सिक्ने र सीप सिकेपछि रोजगारी र आय आर्जनसँग जोड्ने उद्देश्यले आयोजना गरिएको जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्