Shikhar Insurance

कालोपत्र उप्किएपछि काडाबाँधे-बुर्तिबाङ सडक धुलाम्मे, मर्मतको ७९ प्रतिशत काम सम्पन्न

सिंहदरबार संवाददाता
२०८१ बैशाख २, आईतवार १५:३६
NIMB
Nabil Bank

ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अन्तर्गत घोडाबाँधे-बुर्तिबाङ सडक कालोपत्र उप्किएपछि यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

बागलुङ बजारदेखि घोडाबाँधेसम्मको करिब १२ किलोमिटर सडक वषौँदेखि स्तरोन्नती हुनसकेको छैन । कालोपत्र गरिएको सडक उप्किएर हिलाम्मे र धुलाम्मे बनेको छ । घोडाबाँधेदेखि बुर्तिबाङसम्म सडकको बीच भागबाट कालोपत्र उप्किएर ठूला-ठूला खाल्डा परेका छन् । दैनिक सयौँको सङ्ख्यामा गुड्ने सवारीसाधन सडकको खाल्डोमा गाडी फसेर ट्राफिकजाम हुने गरेको छ । विशेषगरि बडिगाड र गलकोट खण्डमा सबैभन्दा धेरै कालोपत्र उप्किएको छ । खाल्डोमा टायर अड्किँदा घण्टौँसम्म रोकिनुपर्ने सवारी चालक मीनबहादुर सुनारले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

दुई वर्षदेखि सडकमा खाल्डाखुल्डी पर्न थालेपनि अहिलेसम्म मर्मत नहुँदा सडक कुरुप बन्दै गएको उनको भनाइ छ । उनले भने,“कालोपत्र गरेको सडकको खाल्डाखुल्डीमा भन्दा कच्ची सडकमै यात्रा गर्न ठिक हुन्छ, दुईरदुई पाइलामा खाल्डा छन्, गाडीको टायर तर्काउनै सकिन्न ।”सडकका कारण दैनिक मोटरसाइकल दुर्घटना हुने स्थानीयवासी प्रेमबहादुर पुनले बताए । मोटरसाइकल चालक तीव्र गतिमा आउने र खाल्डा नदेख्दा उछिट्टिएर लड्ने गरेको उनले बताए ।

पुनले भने,“यो राष्ट्रिय लोकमार्ग हो, सडक बिग्रिएको यतिका समय बित्दा मर्मत हुँदैन । यो बाटोमा दिनदिनै मान्छे लड्छन्, कोहीले बाइक लडाउँछन्, गाडीनै बिग्रार्छन्, मान्छे नलडेको दिन छैन ।”सोही लोकमार्गकै बागलुङ-घोडाबाँधे खण्ड २५ वर्षअघि ट्र्याक खुले पनि हालसम्म कालोपत्र भएको छैन । हिउँदमा धुलो र बर्खामा हिलोले यात्रुले सास्ती भोग्दै आएका छन् । लोकमार्ग कार्यालयले उपल्लाचौरदेखि घोडाबाँधे सम्मको २५ किलोमिटर सडक कालोपत्रका लागि दुई निर्माण कम्पनीलाई ठेक्का दिएको थियो । निर्माण कम्पनीले काम नगरेपछि माथिल्लो खण्डको ठेक्का तोडेको छ । तल्लो खण्डमा सुस्त गतिमा काम भइरहेको छ ।

मध्यपहाडी लोकमार्ग कार्यालयका इन्जिनियर उज्वल शर्माले मर्मत सम्भारका लागि दुई वर्ष अगाडि ठेक्का लगाइ काम भइरहेको बताए । उप्किएको लोकमार्गको कालोपत्र मर्मतको काम थालिएको उनको भनाइ छ । घोडाबाँधेदेखि बुर्तिबाङसम्म तीन खण्डमा निर्माण कम्पनीले मर्मतको जिम्मा लिएको शर्माले बताए । आगामी असार मसान्तसम्म खाल्डाखुल्डी पुरिसक्ने उनको भनाइ छ । हालसम्म ७९ प्रतिशत मर्मतको काम सकिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्