Shikhar Insurance

क्यान्सर उपचारमा नगरपालिकाद्वारा थप २५ हजार सहुलियत

सिंहदरबार संवाददाता
२०८१ बैशाख २, आईतवार १५:४२
NIMB
Nabil Bank

नारायणगढ । चितवनको रत्ननगर नगरवासीले क्यान्सरको उपचारमा थप सहुलियत पाउने भएका छन् । क्यान्सरपीडित बिरामीलाई सङ्घ सरकारले १ लाख र प्रदेश सरकारले ५० हजार सहुलियत दिँदै आएकामा नगरपालिकाले थप २५ हजार दिने निर्णय गरेको हो ।

रत्ननगर नगरपालिकाको विशेष नगरसभाले क्यान्सरपीडितलाई सामाजिक उत्तरदायित्व अन्तर्गत २५ हजार सहयोग उपलब्ध गराउने घोषणा गरिएको नगर प्रमुख प्रह्लाद सापकोटाले जानकारी दिए । उनले छिट्टै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरसँग सहयोग सम्बन्धी सम्झौता गरिने बताए । उनले भने,“यो सम्झौता २०८१ सालको वैशाख १ गते देखि लागू हुन्छ ।” सम्झौता अनुसार क्यान्सर उपचार गराइरहेका पालिकाभित्रका व्यक्तिले सङ्घ र प्रदेश सरकारबाट खर्च लिइसकेपछि नगरपालिकाले सहयोग रकम उपलब्ध गराउनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

“क्यान्सर भन्ने बित्तिकै पीडादायिक रोग बुझिन्छ हाम्रो पालिकाभित्र कयौँ व्यक्ति क्यान्सरको पीडामा हुनुहुन्छ । उहाँहरुको उपचारका लागि पालिकाबाट सहुलियत होस् भनी यसको सुरुवात गरिएको हो ”सापकोटाले बताए । हाल रत्नगरका दुई सय सातजना क्यान्सरका बिरामी उपचाररत रहेको नगरपालिकाले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्