Shikhar Insurance

इजरायलमा चार हजार नेपालीलाई घर बाहिर ननिस्किन आग्रह, सुरक्षामा श्रम मन्त्रीको चासो

सिंहदरबार संवाददाता
२०८१ बैशाख २, आईतवार १६:१७
NIMB
Nabil Bank

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले इजरायलमा रहेको नेपाली श्रमिकको बिषयमा चासो व्यक्त गरेका छन् । आइतबार विहान देखि इरानले इजरायलको राजधानी तेल अविव लगायतका क्षेत्रमा ड्रोन आक्रमण गरेपछि श्रममन्त्री अर्यालले नेपाली श्रमिकको सुरक्षाको बिषयमा चासो व्यक्त गरेका हुन् ।

श्रममन्त्री अर्यालले इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालसँग टेलिफोन सम्पर्क गरी नेपाली श्रमिकको बारेमा जानकारी लिएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

राजदूत रिजालका अनुसार अहिलेसम्म नेपाली श्रमिक सुरक्षित रहेको बताएका छन् । साथै दूतावासले अत्यावश्यक बाहेक घरबाट ननिस्कन नेपाली श्रमिकलाई आग्रह गरेको छ । इजरायल चार हजार नेपाली छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्