Shikhar Insurance

राजा फर्काउनुपर्यो भनेर केही व्यक्ति हिँडेका छन् तर राजतन्त्र फर्कने कुरा असम्भव छ : सभापति देउवा

सिंहदरबार संवाददाता
२०८१ बैशाख २, आईतवार १६:२६
NIMB
Nabil Bank

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजतन्त्र फर्कने कुरा असम्भव रहेको बताएका छन् । पूर्वप्रधानमन्त्री एवं संविधानसभा सदस्य सूर्यबहादुर थापाको नवौँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले केही व्यक्तिहरु राजा फर्काउनुपर्यो भनेर हिँडेको तर अब राजतन्त्र फर्कन सम्भव नरहेको बताएका हुन् ।

“अहिलेको राजनीतिक व्यवस्थालाई अझ बढी सुदृढ र सबल बनाएर लैजानुपर्छ, संविधानमा रहेका केही कमजोरीलाई सुधारेर अहिलेको व्यवस्थालाई प्रभावकारी बनाउन सकिन्छ”, सभापति देउवाले भने । पूर्वप्रधानमन्त्री देउवाले अहिलेको अवस्थामा राजतन्त्र फर्कने कुरा असम्भव रहेको पनि स्पष्ट पारे । उनले भने,“अहिले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था छ । राजा फर्काउनुपर्यो भनेर केही व्यक्ति हिँडेका छन् तर अब राजा फर्काउने कुरा असम्भव हो । त्यसैले अहिलेको व्यवस्थालाई नै अझ बढी सुदृढ बनाएर लैजानुपर्छ । संविधानमा रहेका कमिकमजोरीलाई सुधार्ने ठाउँ छन् ।”

Citizen Life
Kumar Bank
Nepal Life

सभापति देउवाले अहिलेको राजनीतिक व्यवस्था ल्याउन पनि सूर्यबहादुर थापाको भूमिका रहेको स्मरण गरे । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा प्रकाशचन्द्र लोहोनीले कुशल राजनीतिज्ञ स्व थापा बहुआयामिक व्यक्तित्व भएको चर्चा गरे । उनले अहिलेको अवस्थामा मुलुकलाई सही दिशा दिन सबै राजनीतिक शक्ति एकताबद्ध भएर जानुपर्ने धारणा पनि राखे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंहकेसीले मुलुकको राजनीतिक र प्रशासनिक क्षेत्रमा स्व थापाको उल्लेखनीय योगदान रहेको बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापाले अहिलेको राजनीतिक व्यवस्था ल्याउन स्व थापाको महत्त्वपूर्ण योगदान रहेको भन्दै उनले अवलम्बन गरेको दृष्टान्तलाई आत्मसात गरेर अघि बढ्नुपर्नेमा जोड दिए । जनता समाजवादी पार्टीका नेता प्रदीप यादवले सादगी जीवन, उच्च विचार भएको राजनीतिज्ञ थापाले मधेश र मधेशी जनताको अधिकारका निम्ति बारम्बार आवाज उठाएको स्मरण गरे । सो कार्यक्रममा पूर्वराजदूत सूर्यप्रसाद श्रेष्ठ, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, प्रा लोकराज बराल, काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार प्रा डा अच्युत वाग्लेलगायतले स्वर्गीय थापा एक कुशल राजनीतिज्ञ रहेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्