Shikhar Insurance

अरुण भ्याली हाइड्रोपावरको १९ लाख ९२ हजार कित्ता बढी सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ बैशाख ३, सोमबार ११:०४
NIMB
Nabil Bank

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले हकप्रद सेयर लिलाम बिक्रीमा ल्याएको छ । कम्पनीले १ः१ को अनुपातमा बिक्री खुला गरेको सेयरमा पूर्ण आवेदन नपरेपछि बाँकी रहेको १९ लाख ९२ हजार १३४ कित्ता सेयर गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्रीमा ल्याएको हो ।

कम्पनीले उक्त सेयर वैशाख १० गतेदेखि २४ गतेसम्म बिक्री खुल्ला गर्ने भएको छ । उक्त सेयरमा आवेदन जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरूले दिन पाउनेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी आवेदन दिनुपर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

बोलकबोल गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सबै कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । आवेदन बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल नक्साल काठमाडौं, मुक्तीनाथ विकास बैंकका तोकिएका शाखा ठिमी, कुमारीपाटी, विर्तामोड, विराटनगर, धरान, वीरगंज, जनकपुर, हेटौंडा, नारायणगढ, चिप्लेढुङ्गा, बाग्लुङ, बुटवल, घोराही, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखाबाट दिन आवेदन दिन सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्